close

मन्त्री साहले बाँडे छठका ब्रतालुलाई साडीसहितका सामग्री

मन्त्री साहले बाँडे छठका ब्रतालुलाई साडीसहितका सामग्री

Trulli
ADVERTISEMENT

सप्तरी–छठ अवसरमा प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छठका ब्रतालुलाई साडीसहितका सामग्री वितरण गरेका छन् । मन्त्री साहले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १० का छठ ब्रतालुलाई साडी तथा सामग्री किनमेल गर्न रकम वितरण गरेका हुन् ।


स्थानीय रामलखन मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा नेता देवेन्द्र झा, जसपा क्षेत्रीय अध्यक्ष रामचन्द्र साह, जसपा प्रदेश समिति सदस्य दिनेश यादवलगायत उपस्थित थिए । मन्त्री साहले ११० ब्रतालु महिलालाई उक्त सामग्री वितरण गरे ।