close

पालिकामा दिनभरः वडाध्यक्षको नेतृत्वमा सिजीमा ताला, माछापुच्छ्रेले तोक्यो बसको भाडा (भिडियो खबर) 

पालिकामा दिनभरः वडाध्यक्षको नेतृत्वमा सिजीमा ताला, माछापुच्छ्रेले तोक्यो बसको भाडा (भिडियो खबर) 

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) काठमाडौंको कीर्तिपुर नगरपालिकाद्वारा नगरका विभिन्न स्थानमा फ्रि वाईफाईको व्यवस्था, ३० स्थानमा सिसिटिभि पनि जडान । 

 

२) पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर २ मा रहेको सिजी उद्योगले प्रदूषण फैलाएको भन्दै स्थानीय आन्दोलित, प्रदूषण मुक्त नगरेसम्म कारखाना सञ्चालन हुन नदिने स्थानीयको अडान । 

 

३) गुल्मीको इस्मा गाउँपालिकाले कृषकलाई अनुदानमा गहुँको बिउ वितरण गर्ने, बिउ आपूर्तिकर्ताले पाँच दिनभित्र पालिकामा निवेदन दिनुपर्ने । 

 

४) काठमाण्डौ महानगरपालिकाले थप पाँच वटा विद्यालयमा प्राविधिक विषयको कक्षा सञ्चालन गर्ने, कार्यक्रम विस्तार गर्न आवेदन आह्वान । 

 

५) कास्कीको माछापुच्छ्रे गाउँपालिकाले तोक्यो सार्वजनिक बसको भाडा, विद्यार्थीलाई सरकारले तोकेको ४५ प्रतिशत छुट दिनुपर्ने । 

 

६) सिरहाको धनगढीमाई नगरपालिकाले सामुदायिक विद्यालयलाई दिवा खाजाको रकम माग गर्न जारी गर्‍यो सूचना, ७ मंसिर भित्र निवेदन दिनुपर्ने । 

 

७) रूपन्देहीको बुटवल उपमहानगरले न्याय निरुपण र न्यायिक समितिका कामलाई प्रभावकारी बनायो, समितिमा दर्ता भएका अधिकांश उजुरी तथा निवेदन मेलमिलापबाटै टुंगो लगाइयो । 

 

८) कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ७ को कञ्जभोजको जोगबुढा नदीमा पक्की पुल निर्माण, स्थानीयलाई आउजाउमा सहज हुने । 

 

९) उच्च अदालत बार एशोसिएशन बागलुङले जिल्लाका दशवटै पालिकामा कानूनी साक्षरता अभियान सुरु गर्‍यो, ११ वटा विषयगत समिति बनाएर सबै पालिकामा परिचालन । 


१०) हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर १ को लाली स्वास्थ्य चौकीमा औषधि अभाव, बिरामी समस्यामा । 

 

११) उदयपुरको चौदण्डीगढी नगरपालिकाद्वारा जग्गाको लगत संकलनपछि नापजाँचको काम सुरू, भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास क्षेत्रमा नापजाँच गरिने । 

 

१२) कपिलवस्तुमा १८ असोजबाट फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएन, पहिलो चरणमा पाँच स्थानीय तहका नागरिकलाई खोप दिने तयारी । 

 

१३) भोजपुरको रामप्रसादराई गाउँपालिकाले लाभग्राहीलाई ३० कार्तिकदेखि सामाजिक सुरक्षा भत्ता वितरण गर्ने, भत्ता लिन आवश्यक कागजपत्र लिएर जानुपर्ने । 

 

१४) काठमाडौंको तारकेश्वर नगरपालिकाले कृषकलाई अनुदानमा गहुँको बिउ वितरण गर्ने, बिउ लिन कृषकले कृषि शाखामा सम्पर्क गर्नुपर्ने । 

 

१५) सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले एक जना कविराज करारमा नियुक्त गर्ने, १५ दिनभित्र दरखास्त बुझाउन सूचना जारी । 

 

१६) दाङको घोराही उपमहानगरपालिकाले कृषकलाई अनुदानमा उन्नत जातको गहुँको बिउ वितरण गर्न थाल्यो, बिउ बाँड्दा कृषक दंग  । 

 

१७) मोरङको विराटनगर महानगरपालिकाले माग्यो विभिन्न पदका लागि आठ महिला कर्मचारी, कात्तिक मसान्तसम्म आवेदन दिन सकिने । 

 

१८) रौतहटको बौद्धिमाई नगरपालिका वडा नम्बर २ इनर्वामा सरसफाइ कार्यक्रम सम्पन्न, पालिकाको समन्वयमा कार्यक्रमलाई निरन्तरता दिने योजना । 

 

१९) लमजुङको क्व्होलासोथार गाउँपालिका वडा नम्बर ८ घाम्राङवेशीमा तितेपातीको व्यावसायिक तेल उत्पादन सुरु, प्रतिलिटर मूल्य १० हजारमा विक्री गर्न पालिकाले सहयोग गर्ने । 

 

२०) उदयपुरको बेलका नगरपालिकाले हिउँदे घाँसको खेती र उत्पादन गर्नका लागि निःशुल्क बिउ वितरण गर्दै, इच्छुक कृषकलाई आवेदन दिन ७ मंसिरसम्मको समयसीमा ।