close

प्रमुख अतिथिको विषयमा कमलामाईमा नोकझोक, शवदाह निर्माण गर्न ललितपुरलाई रोक (भिडियो खबर)

प्रमुख अतिथिको विषयमा कमलामाईमा नोकझोक, शवदाह निर्माण गर्न ललितपुरलाई रोक (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) सिन्धुलीको कमलामाई नगरपालिकाले मनायो सिन्धुलीगढीमा विजयोत्सव, पालिकाले निर्माण गरेको बाल उद्यानसँगै वीपी कोइराला र पुष्पलाल श्रेष्ठको शालिक अनावरण गर्ने विषयमा राजनीतिक दलबीच विवाद बढेपछि निषेधाज्ञा । 

 

२) बेमौसमी वर्षाका कारण सडक अवरुद्ध भएपछि बाजुराका सात पालिकामा औषधि अभाव, बिरामी समस्यामा । 

 

३) तनहुँको व्यास नगरपालिकाले कृषकलाई अनुदानमा आलुको बिउ वितरण गर्ने, ५० प्रतिशत अनुदानमा बिउ उपलब्ध गराउने पालिकाको निर्णय । 

 

४) पाल्पाको तानसेन नगरपालिकाले नयाँ उद्यम गर्न चाहने महिलालाई बिनाधितो ऋण उपलब्ध गराउने, १५ लाख रुपैयाँसम्म ऋण पाइने । 

 

५) धनकुटा नगरपालिकामा दोस्रो एभोकाडो महोत्सव आयोजना हुँदै, ४ र ५ मंसिरमा हुने महोत्सवमा ५० वटा स्टलले सहभागिता जनाउने । 

 

६) गोरखा नगरपालिकाले दियो नगर क्षेत्रभित्रको फोहाेर व्यवस्थापन गर्ने जिम्मा निजी क्षेत्रलाई, क्लिन गोरखा प्रालिले पायो जिम्मेवारी । 

 

७) मोरङको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले छठ पूजाका लागि शिव पाञ्चायन मन्दिरबाट सिंघिया घाटसम्म सडकमा घस्रेर दण्डप्रणाम यात्रा गरे, नगरबासीको सुख, शान्तिको कामना गर्दै ब्रत बसेको भनाइ । 

 

८) काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको बूढानीलकण्ठ मन्दिरमा हरिबोधनी एकादशीको अवसरमा मेला लाग्ने, मेलाको तयारी र व्यवस्थापनका लागि उपसमिति गठन । 

 

९) चितवनको राप्ती नगरपालिकाले २५ कार्तिकदेखि नगर क्षेत्रमा लामखुट्टेको बासस्थान खोजी गरि लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्ने, ३० कार्तिकसम्म अभियान चलाइने । 


१०) उदयपुरको चौदण्डीगढी नगरपालिकाद्वारा जग्गाको लगत संकलनपछि नापजाँचको काम सुरू, अव्यवस्थित बसोबास क्षेत्रमा नापजाँच गरिने । 


११) रूपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर १ मा रहेको धमैली स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन, स्थानीयलाई स्वास्थ्य सेवा सहज हुने ।


१२) सुनसरीको दुहवी नगरपालिका लगायतको सहयोगमा दुहवी भेट्रान फुटबल क्लबले २५ कार्तिकदेखि फुटबल प्रतियोगिता गर्ने, विजेता टिमले ५१ हजार रुपैयाँ पुरस्कार पाउने । 


१३) मुगुको सोरू गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा सेवा प्रभावित, सामाजिक सुरक्षा भत्ता पनि वितरण हुन सकेन । 

 

१४) मोरङको पथरी शनिश्चरे नगरपालिकाका जनप्रतिनिधिद्वारा वडा नम्बर ६ मा भएको आगलागीको अनुगमन, आगलागी पीडित सुबोल चन्द्रवंशीको ३६ लाख ७७ हजार रुपैयाँसहित सम्पूर्ण सामान जलेर नष्ट । 

 

१५) विद्युतीय शवदाह निर्माण प्रक्रिया रोक्न ललितपुर महानगरलाई उच्च अदालत पाटनको अल्पकालिन अन्तरिम आदेश, महानगरले वडा नम्बर ११ को शंखमूलमा शवदाहगृह बनाउन गरेको थियो टेण्डर आह्वान ।