close

सप्तरीमा बसको ठक्करले २ जनाको मृत्यु

सप्तरीमा बसको ठक्करले २ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

सप्तरी–सप्तरीमा गए राती सडक दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका वडा नम्बर २ बरमझियामा बसले ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो ।


पूर्वबाट पश्चिम आउँदै गरेको ग१ख ९६४२ नम्बरको बसले बीआर ३८ आर ८१७३ नम्बरको मोटरसाइकल र पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं प्रवक्ता माधवप्रसाद काफ्लेले बताए ।


ठक्करबाट मोटरसाइकलमा सवार भारत बिहार राज्यको सुपौल जिल्ला बलुवा वडा नम्बर ३ का २२ वर्षीय राजुकुमार तिवारीको मृत्यु भएको छ । गम्भीर घाइते तिवारीलाई उपचारका लागि विराराटनगरतर्फ लैजाने क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।


यसैगरी सोही मोटरसाइकलमा पछाडि सवार पहिचान नखुलेका ३१ वर्षीय अर्का १ पुरुषको पनि दुर्घटनामा परेर मृत्यु भएको छ । ठक्करबाट घाइते भएका पैदलयात्री सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर २ बरमझियाका १९ वर्षीय रोहनप्रसाद गुप्तालाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।

 

गुप्ताको दाहिने खुट्टा भाँचिएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए । दुर्घटनामा परेको बस र मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।