close

पालिकामा दिनभरः पालिकाहरूमा बिउ दिने सिजन, अतिविपन्नसँग १० हजारको निवेदन (भिडियो खबर) 

पालिकामा दिनभरः पालिकाहरूमा बिउ दिने सिजन, अतिविपन्नसँग १० हजारको निवेदन (भिडियो खबर) 

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) डडेल्धुराको अजयमेरू गाउँपालिका वडा नम्बर १ को पुइलेकमा विमानस्थल बनाउन सर्भे सुरू, सर्भेका लागि ड्रोन क्यामराको समेत प्रयोग । 

 

२) सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष बिल्टु यादवको निधन, लामो समयदेखि बिरामी भएका थिए यादव । 


३) गोरखाको गोरखा नगरपाालिकाले सामुदायिक विद्यालयमा लेखा परीक्षण गर्न लेखा परीक्षकसँग निवेदन माग्यो, इच्छुकले पालिकामा निवेदन बुझाउनु पर्ने । 


४) तनहुँका पाँच स्थानीय तह कोरोनामुक्त, ऋषिङ, घिरिङ, देवघाट, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा कोरोना संक्रमित शुन्य । 

 

५) सरकारले अति विपन्न घरपरिवारलाई १० हजार नगद अनुदान वितरण गर्न प्रक्रिया अघि बढायो, वडा कार्यालयमा निवेदन दिन अर्थ मन्त्रालयको आह्वान । 

 

६) उदयपुरको बेलका नगरपालिकाले कृषकलाई जै घाँसको बिउ निःशुल्क वितरण गर्ने, इच्छुक कृषकलाई आवेदन दिन ७ मंसिरसम्मको समयसीमा । 

 

७) कैलालीको धनगढी उपमहानगरपालिकाले स्थानीयलाई कोरोनाविरुद्धको दोश्रो मात्राको भेरोसेल र कोभिसिल्ड खोप लगाउन थाल्यो, १९ वटै वडामा २६ कार्तिकसम्म अभियान सञ्चालन हुने । 

 

८) भोजपुरको रामप्रसादराई गाउँपालिकाले लाभग्राहीलाई ३० कार्तिकदेखि सामाजिक सुरक्षा भत्ता वितरण गर्ने, भत्ता लिन एन आइ सी एशिया बैंकले तोकेको स्थानमा आवश्यक कागजपत्र लिएर जानुपर्ने । 

 

९) दार्चुलाको नौगाड गाउँपालिकाले दीर्घरोगीलाई उपचार खर्च उपलब्ध गराउन थाल्यो, ५० हजार रूपैयाँसम्म पालिकाले सहयोग गर्ने । 


१०) स्याङ्जाको वालिङ नगरपालिकाले कृषकलाई हिउँदे घाँसको बिउ वितरण गर्ने, इच्छुक कृषकलाई पाँच दिन भित्र आवेदन दिन पालिकाले जारी गर्‍यो सूचना । 


११) चितवनको राप्ती नगरपालिकाद्वारा नगर क्षेत्रमा लामखुट्टेको बासस्थान खोजी गरि लार्भा नष्ट गर्ने अभियान सञ्चालन, ३० कार्तिकसम्म अभियान चलाइने । 


१२) सुनसरीको दुहवी नगरपालिका लगायतको सहयोगमा दुहवी भेट्रान फुटबल क्लबको आयोजनामा फुटबल प्रतियोगिता सुरू , विजेता टिमले ५१ हजार रुपैयाँ पुरस्कार पाउने । 


१३) काठमाण्डौ महानगरपालिकाले थप पाँच वटा विद्यालयमा प्राविधिक विषयको कक्षा सञ्चालन गर्ने, कार्यक्रम विस्तार गर्न आवेदन आह्वान । 


१४) सिरहाको धनगढीमाई नगरपालिकाले सामुदायिक विद्यालयलाई दिवा खाजाको रकम माग गर्न जारी गर्‍यो सूचना, ७ मंसिर भित्र निवेदन दिनुपर्ने । 

 

१५) काठमाडौंको तारकेश्वर नगरपालिकाले कृषकलाई अनुदानमा गहुँको बिउ वितरण गर्ने, बिउ लिन कृषकले कृषि शाखामा सम्पर्क गर्नुपर्ने ।