close

दीर्घकालीन रूपमै गुठी समस्या समाधान गर्दै छौँ : मन्त्री श्रेष्ठ 

दीर्घकालीन रूपमै गुठी समस्या समाधान गर्दै छौँ : मन्त्री श्रेष्ठ 

Trulli
ADVERTISEMENT

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले गुठीसम्बन्धी समस्याको दीर्घकालीन रूपमा समस्या समाधान हुनुपर्ने बताएकी छन् ।
मन्त्रालयमा आयोजित गुठीसँग सम्बन्धित सरोकारवालासँगको पहिलो चरणको छलफलमा मन्त्री श्रेष्ठले सांस्कृतिक सम्पदाको जगेर्ना वैज्ञानिक ढंगले व्यवस्थित गर्दै लैजान आवश्यक रहेको बताइन् ।


गुठीसम्बन्धी कानुन निर्माण गर्दा सरोकारवाला र सम्बद्ध निकायसँग छलफल गरेर समस्या समाधान हुने गरी अगाडि बढ्ने तयारी भइरहेको उनले जानकारी दिइन् । छलफलमा सरोकारवालाले गुठीसम्बन्धी बुझाइमा स्पष्ट हुनुपर्ने, सांस्कृतिक सम्पदासँग जोडिएको विषय भएकाले यसलाई दीर्घकालीन रूपमै समाधान गर्नुपर्ने सुझाव दिए । मन्त्री श्रेष्ठले मन्त्रालयसँग सम्बन्धित मुक्त हलिया, कमैया, कमलरी र सुकुम्बासीका प्रतिनिधिसँग यसअघि नै छलफल गरिसकेकी छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख चौधरीले एक महिना भित्र जग्गाको ब्यस्थापन गर्ने प्रतिबद्धता