close

चाँगुनारायणमा सार्वजनिक बिदा

चाँगुनारायणमा सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले हरिबोधनी एकादशी अवसरमा आज सार्वजनिक बिदा दिएको छ । नगरपालिका बैठकले हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

 

नगरभित्र रहेको विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिरमा एकादशीका दिन मेला लाग्ने भएकोले नगरपालिकाको सबै वडा कार्यालय, कार्यपालिका कार्यलयलगायत पालिकाअन्तर्गतका संघ–संस्थामा बिदा दिइएको हो ।


तर, अस्पतालको आकस्मिक सेवा भने सञ्चालनमा आउनेछ । पालिकाले गत वर्षको हरिबोधनी एकादशीका दिन पनि सार्वजनिक बिदा दिएको थियो । सोहीअनुरूप यस वर्ष पनि बिदा दिइएको प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए । मन्दिरमा उपत्यकासहित विभिन्न जिल्लाबाट पूजा गर्ने तीर्थालुको भीड लाग्ने गर्छ ।