close

पालिकामा दिनभरः कमलामाईमा नगर प्रहरीको माग, पाटनका आगलागीपीडितलाई महानगरको राहत (भिडियो खबर) 

पालिकामा दिनभरः कमलामाईमा नगर प्रहरीको माग, पाटनका आगलागीपीडितलाई महानगरको राहत (भिडियो खबर) 

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) प्यूठान नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीका लागि बृहत पोषण विशेष कार्यक्रमसम्बन्धी तालिम सुरु, तालिम एक साता चल्ने । 

 

२) धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रूपैठामा हिन्दु र मुस्लिम समुदायबीच विवाद बढेपछि प्रशासनद्वारा निषेधाज्ञा जारी, छठ मनाउने विषयमा भएको थियो विवाद । 

 

३) काभ्रेको बनेपा नगरपालिकाले स्मार्ट पालिकाको सहकार्यमा डिजिटल घरधुरी सर्वेक्षण गर्ने, १४ वटा वडाका १५ हजार घरधुरीलाई डिजिटल सर्वेक्षणमार्फत समेटिँदै । 


४) छिन्ताङ हत्याकाण्डमा सहादत प्राप्त शहीदको सम्मान र सम्झनामा धनकुटाको सहिदभूमि गाउँपालिकाले दियो सार्वजनिक बिदा, किराँत जातिको पर्व पापानीको अवसरमा पनि १२ मंसिरमा पालिका र मातहतका कार्यालय बन्द हुने । 


५) सिन्धुलीको कमलामाई नगरपालिकाले ७ जना नगर प्रहरी भर्ना गर्ने, दरखास्त दिएकाहरूको शारीरिक तथा स्वास्थ्य परीक्षण गर्न सुरु । 


६) ऊर्जामन्त्री पम्फा भुसालद्वारा ललितपुर महानगरपालिका वडा नम्बर ८ स्थित बालकुमारी मन्दिर पुनर्निर्माण कार्यको शिलान्यास, भूकम्पले भत्काएको थियो मन्दिर । 


७) स्वास्थ्य संस्थामा रिक्त पदको पदपूर्तिका लागि धादिङको गजुरी गाउँपालिकाले विज्ञापन खुलायो, ७ दिनभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने ।

 
८) रूपन्देहीको तिलोत्तमा नगरपालिकाले बालमैत्री नगर घोषणाको तयारी तीव्र पार्‍यो, हरेक वडामा बाल सहजकर्ता तथा बालमैत्री स्वयंसेवक परिचालन । 


९) नेपाल नगरपालिका संघको आयोजनामा मोरङको विराटनगरमा प्राकृतिक स्रोतबाट प्राप्त राजस्व संकलन र स्रोतको समुचित परिचालनसम्बन्धी अन्तरक्रिया सम्पन्न, कार्यक्रममा प्रदेश १ का जनप्रतिनिधिले जनाए सहभागिता । 

 

१०) पाटन मंगलबजारमा आगलागीपछि भएको ग्यास विस्फोटमा परेर घाइते भएकाको उपचार खर्च ललितपुर महानगरपालिकाले बेहोर्ने, लक्ष्मीपूजाको दिन सिलिन्डर विस्फोट हुँदा चार जनाको मृत्यु र दुई जना भएका थिए घाइते । 

 

११) च्याउ उत्पादन अनुदान कार्यक्रममा सहभागी हुन मकवानपुरको भीमफेदी गाउँपालिकाले जारी गर्‍यो सूचना, इच्छुक कृषकले कृषि शाखामा निवेदन दिनुपर्ने । 

 

१२) सिन्धुलीको सुनकोशी गाउँपालिकाले विद्यालयको लेखा परीक्षण गर्ने, इच्छुक लेखा परीक्षकले १५ दिन भित्र पालिकाको शिक्षा शाखामा निवेदन दिनुपर्ने । 

 

१३) भक्तपुर नगरपालिकाले किसानलाई गहुँ र आलुको बिउ वितरण गर्न थाल्यो, प्रतिघरपरिवार ५ किलो गहुँ र ५ किलो आलुको बिउ वितरण गरिने । 

 

१४) नेपाल सुनचाँदी व्यवसायी संघ सिन्धुपाल्चोकको आयोजना र चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा चौतारामा सुनचाँदीका गरगहना बनाउने तालिम सुरु, तालिम १० दिनसम्म चल्ने । 

 

१५) चितवनको राप्ती नगरपालिकाद्वारा नगर क्षेत्रमा लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान जारी, ३० कात्तिकसम्म अभियान चलाइने ।