close

अख्तियार बुटवलद्वारा प्रदेश प्रमुख शेरचनलाई बुझाइयो प्रतिवेदन 

स्थानीय तहमा सबैभन्दा बढी उजुरी

अख्तियार बुटवलद्वारा प्रदेश प्रमुख शेरचनलाई बुझाइयो प्रतिवेदन 

स्थानीय तहमा सबैभन्दा बढी उजुरी

Trulli
ADVERTISEMENT

रूपन्देही–अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख योगेन्द्रप्रसाद पाण्डेले आर्थिक वर्ष २०७७÷७८ को प्रतिवेदन प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएका छन् ।


अख्तियारले बुझाएको प्रतिवेदनमा यो वर्ष पनि सबैभन्दा बढी अनियमितताको उजुरी स्थानीय तहमा रहेकोे उल्लेख छ । लुम्बिनी प्रदेशमा मात्र स्थानीय तहको संघीय मामिला मन्त्रालयअन्तर्गत ४८९ उजुरी आएकामा ३०८ उजुरी फस्र्योट भएको छ । स्थानीय तहकै शिक्षातर्फ २४८ उजुरीमा १७१ फस्र्योट भएको अख्तियार बुटवलका प्रमुख पाण्डेले बताए । 


उनका अनुसार लुम्बिनी प्रदेशको सबैभन्दा बढी भ्रष्टाचारको उजुरी रूपन्देहीमा आएको छ भने उजुरी आएको दोस्रो जिल्लामा कपिलवस्तु र तेस्रोमा नवलपरासी रहेका छन् । रुकुम पूर्वमा जम्मा ७ वटा मात्र उजुरी अख्तियार कार्यालयमा आएको उनले जानकारी दिए । 

 

प्रतिवेदन बुझ्दै लुम्बिनी प्रदेश प्रदेश प्रमुख शेरचनले नेपालमा १० खर्ब रुपैयाँको योजनामा २ खर्बसम्मको भ्रष्टाचार हुने गरेको फेहरिस्त प्रस्तुत गरे । उनले दातृ निकायले दिएको अनुदान, खुन पसिना बगाएर वैदेशिक रोजगारमा गएर युवाले भित्र्याएको रेमिट्यान्स र गरिब जनताले तिरेको करबाट बनेका योजना सम्पन्न नहुँदै बिग्रने गरेको बताउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बनेको बाटो त्यसको ज्वलन्त उदाहरण रहेको सुनाए ।


पहुँचवालाको भनाइ र निर्देशनमा अख्तियारका अधिकारी चल्न नहुने बताउँदै उनले शक्तिको निर्देशनमा चले मुलुकको समृद्धिको मार्ग समाप्त हुने धारणा व्यक्त गरे । आयोगका बुटवल प्रमुख पाण्डे, कार्यालयका अन्य कर्मचारी र सञ्चारकर्मीको सहभागितामा आर्थिक वर्ष २०७७÷७८ को प्रतिवेदन प्रदेश प्रमुख शेरचनलाई बुझाइएको थियो ।