close

तिलोत्तमामा ज्येष्ठ नागरिक घरदैलो सेवा, इस्माका विपन्न घरमा जस्ताको टेवा (भिडियो खबर)

तिलोत्तमामा ज्येष्ठ नागरिक घरदैलो सेवा, इस्माका विपन्न घरमा जस्ताको टेवा (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) बढेको तलब नपाएपछि बाल विकास केन्द्रका सहजकर्ता र विद्यालयका कर्मचारीले हुम्लाको सर्केगाड गाउँपालिकामा ताला लगाए, कामकाज ठप्प । 

 

२) पर्वतको फलेवास नगरपालिकाद्वारा कृषकलाई तरकारीका बिउ वितरण गर्न सुरु, ६ हजार परिवारका लागि विभिन्न प्रकारका बिउ वितरण गरिने ।

 

३) काठमाडौंको टोखा नगरपालिकाले जनप्रतिनिधिले कार्यभार सम्हालेपछि भएका मुख्य उपलब्धिका विषयमा आयोजना ग¥यो सार्वजनिक सुनुवाइ, पालिकालाई विभिन्न माध्यमबाट सहयोग गर्ने दातालाई पनि सम्मान । 


४) गोरखाको पालुङटार नगरपालिकाले नगरवासीलाई कोरोनाविद्धको पहिलो मात्राको खोप लगाउन थाल्यो, २ मंसिरसम्म खोप लगाइने । 

 

५) कैलालीको जानकी गाउँपालिकाले किसानलाई गहुँको बिउ वितरण गर्न थाल्यो, जग्गाको क्षेत्रफलका आधारमा ५० र ७५ प्रतिशतमा अनुदानमा बीउ वितरण । 


६) पर्वतको पैयुँ गाउँपालिकाले महिलाका लागि २१ मंसिरदेखि एक महिने निःशुल्क लोकसेवा कक्षा सञ्चालन गर्ने, इच्छुकले १० मंसिरसम्म आवेदन दिइसक्नुपर्ने । 


७) नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले विद्यालयको लेखा परीक्षण गर्ने, इच्छुक लेखा परीक्षकले १० दिनभित्र पालिकाको शिक्षा शाखामा निवेदन दिनुपर्ने । 


८) रूपन्देहीको तिलोत्तमा नगरपालिकामा ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण सुरु, पालिकाले हरेक वडामा दुई-दुई जना स्वास्थ्यकर्मी परिचालन गर्ने । 

 

९) गुल्मीको इस्मा गाउँपालिकाको ५ नम्बर वडा खरका छानामुक्त, उज्यालो वडा पनि घोषणा । 

 

१०) प्यूठान नगरपालिकाको आयोजनामा बृहत् पोषण विशेष कार्यक्रमसम्बन्धी तालिम जारी, एक साता चल्ने तालिममा स्वास्थ्यकर्मीको सहभागिता  । 

 

११) सिन्धुलीको कमलामाई नगरपालिकाले ७ जना नगर प्रहरी भर्ना गर्ने, दरखास्त दिएकाहरूको शारीरिक तथा स्वास्थ्य परीक्षण गर्न थाल्यो । 

 

१२) नेपाल सुनचाँदी व्यवसायी संघ सिन्धुपाल्चोकको आयोजना र चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा चौतारामा सुनचाँदीका गरगहना बनाउने तालिम सुरु, तालिम १० दिनसम्म चल्ने । 

 

१३) दार्चुलाको लेकम गाउँपालिकाले कार्यालय खरकडाबाट रातामाटा सार्‍यो, दोस्रो गाउँसभाद्वारा पालिकाको केन्द्र रातामाटा सार्ने निर्णय । 

 

१४) स्वास्थ्य संस्थामा रिक्त पदको पदपूर्तिका लागि धादिङको गजुरी गाउँपालिकाले विज्ञापन खुलायो, ७ दिनभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने । 

 

१५) १२ वर्षे मकर मेला सम्पन्न गर्न काभ्रेको पनौती नगरपालिकाको कार्यपालिका बैठकबाट गठित २५१ सदस्यीय मूल आयोजक समितिको पहिलो बैठक सम्पन्न ।