close

धुर्कोट पालिकाको आयोजनामा एकीकृत घुम्ती शिविर 

धुर्कोट पालिकाको आयोजनामा एकीकृत घुम्ती शिविर 

Trulli
ADVERTISEMENT

रूपन्देही–गुल्मीको धुर्कोट गाउँपालिकाको आयोजनामा एक दिने एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । धुर्काेट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले घुम्ती शिविर उद्घाटन गरे । शिविरमा गाउँपालिकाअन्तर्गतका विभिन्न शाखाबाट प्रदान गरिने स्वास्थ्य, कृषि, पशु, ज्येष्ठ नागरिक, अपांगतालगायत बैंकिङ सेवासमेत उपलब्ध गराइएको छ । 


शिविरमा २१० जनालाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरिएको थियो । शिविरमा ६० जनाले भिडियो एक्सरे सेवा लिएको पालिका प्रमुख पोखरेलले बताए । त्यस्तै, पशु सेवाअन्तर्गत २०२ परिवारका १०८९ बाख्रा र ६७ भैँसीलाई औषधी वितरण, ७० बाख्रा र ३५ गाईभैँसीको गोबर परीक्षण, कृषि, पशु फार्म र पसल नवीकरण ९ र ५ वटा नयाँ दर्तासमेत गरिएको थियो ।


शिविरमा १५८ जना ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको थियो भने बंैकिङ सेवाअन्तर्गत सन्राइज बैंक धुर्कोट शाखाबाट २३ जनाले नयाँ खाता खोलेका छन् । शिविरमा धुर्कोट पालिका अध्यक्ष पोखरेल, प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थी, वडा नम्बर १ का वडाध्यक्ष कमल थापा, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत उपस्थित थिए ।