close

नेपाल परिवार नियोजन संघमा नयाँ नेतृत्व

नेपाल परिवार नियोजन संघमा नयाँ नेतृत्व

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल परिवार नियोजन संघको दाङमा भएको ४१औँ केन्द्रीय सभाले नयाँ नेतृत्व चयन गरेको छ । सभाले हिमालयलाल कसजुको अध्यक्षतामा संघको नयाँ नेतृत्व चयन गरेको हो । 


कसजु प्रतिद्वन्द्वी दिवाकर श्रेष्ठलाई पराजित गरी अध्यक्षमा निर्वाचित भएका हुन् । कसजुले २३ मत प्राप्त गरे भने श्रेष्ठले १६ मत पाए । सभाले महिला सदस्यमा इन्द्रलक्ष्मी श्रेष्ठ, ज्योतिकुमारी श्रेष्ठ, निर्मला गौतम रेग्मी, सीताकुमारी रानालाई निर्वाचित गरेको छ ।


त्यसैगरी सदस्यमा अर्जुन सिग्देल, कृष्णप्रसाद पाठक, निगम श्रेष्ठसँगै युवा सदस्यमा भागिरथी भट्ट र माला न्यौपाने विजयी भएका छन् । निर्वाचनमा कुल ३९ मत खसेको निर्वाचन अधिकृत दीपककुमार रेग्मीले जानकारी दिए ।