close

पालिकामा दिनभरः भेरीका कृषकलाई च्याउको बिउ, भेरोसेल खोप लगाएर जोगाऔँ जिउ (भिडियो खबर) 

पालिकामा दिनभरः भेरीका कृषकलाई च्याउको बिउ, भेरोसेल खोप लगाएर जोगाऔँ जिउ (भिडियो खबर) 

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

१) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको दशौँ नगर सभाको बैठक सम्पन्न, बैठकले गर्‍यो विभिन्न महत्वपूर्ण निर्णय । 

 

२) भक्तपुर नगरपालिका वडा नम्बर ८ मा रहेको भगवती मन्दिरको पुनर्निर्माण सुरू, छाना छाउने कार्यको नगरप्रमुख सुनिल प्रजापतिले गरे निरीक्षण । 

 

३) महोत्तरीको रामगोपालपुर नगरपालिकाले विभिन्न वडामा आधारभूत स्वास्थ्य केन्द्र्रबाट नगरवासीलाई स्वास्थ्य सेवा दिन थाल्यो, भवनको गरियो उद्घाटन । 


४) सुनसरीको बराहक्षेत्र नगरपालिकाले कृषि, दुग्ध र बहुउद्देश्यीय सहकारीलाई सफ्टवेयर जडान गर्न ५० प्रतिशत रकम अनुदान दिने, इच्छुक सहकारीले १५ दिन भित्र पालिकामा निवेदन पेश गर्नुपर्ने । 


५) पाल्पाको निस्दी गाउँपालिकाले साना व्यावसायिक कृषि उत्पादन कार्यक्रमका लागि प्रस्ताव पेश गर्न सूचना जारी, इच्छुक कृषक समूह तथा फार्मले १५ दिन भित्र प्रस्ताव पेश गर्नु पर्ने । 


६) कञ्चनपुरको भीमदत्त नगरपालिकाद्वारा ब्लड बैंक सञ्चालनका लागि नेपाल रेडक्रस सोसाइटी  जिल्ला शाखालाई चार लाख रूपैयाँ प्रदान, निःशुल्क रगत उपलब्ध गराइने । 


७) जाजरकोटको भेरी नगरपालिकाद्वारा कृषकलाई च्याउको बिउ वितरण, ५० प्रतिशत अनुदानमा बिउ पाउँदा कृषक दंग । 


८) च्याउ उत्पादन अनुदान कार्यक्रममा सहभागी हुन मकवानपुरको भीमफेदी गाउँपालिकाले जारी गर्‍यो सूचना, इच्छुक कृषकले कृषि शाखामा निवेदन दिनुपर्ने । 


९) स्याङ्जाको फेदीखोला गाउँपालिकाले घरघरमा इन्डक्सन चुल्हो जडान गर्न थाल्यो, निवेदकलाई वडा कार्यालयमा १ हजार ३० रुपैयाँ बुझाउन पालिकाको सूचना । 

 

१०) सिन्धुलीको कमलामाई नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा मकैको बिउ वितरण गर्ने, बिउ लिन १३ मंसिरसम्म कृषि शाखामा निवेदन दिनुपर्ने । 

 

११) ललितपुर महानगरपालिकामा २ मंसिर देखि कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज दिइँदै, समयावधि पुगेका नागरिकलाई खोप लगाउन सूचना जारी । 

 

१२) भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले वडा नम्बर ५ स्थित पोबुमा रहेको सूर्यविनायक परिसरको पुनर्निर्माण गर्न थाल्यो, परिसरमा फल्चालगायत सम्पदा पनि पुनर्निर्माण तथा जीर्णोद्वार गरिने ।

 

१३) ललितपुरको महालक्ष्मी नगरपालिकाले पशुपालक कृषकलाई ५० प्रतिशत अनुदानमा विभिन्न प्रविधि हस्तान्तरण गर्ने, इच्छुक कृषकले पशु सेवा कार्यालय लामाटारमा निवेदन दिनुपर्ने । 

 

१४) सिन्धुलीको सुनकोशी गाउँपालिकाले विद्यालयको लेखा परीक्षण गर्ने, इच्छुक लेखा परीक्षकले १५ दिन भित्र पालिकाको शिक्षा शाखामा निवेदन दिनुपर्ने । 

 

१५) कैलालीको टीकापुर नगरपालिकाद्वारा १० औँ राष्ट्रिय कर दिवसका अवसरमा प्रभातफेरी आयोजना, दिवसका अवसरमा एक सातासम्म विभिन्न कार्यक्रम गरिने ।