close

बगनासकालीमा सुरु भो प्रधानमन्त्री रोजगार कार्यक्रम 

बगनासकालीमा सुरु भो प्रधानमन्त्री रोजगार कार्यक्रम 

Trulli
ADVERTISEMENT

रूपन्देही– पाल्पाको बगनासकाली गाउँपालिकामा बिहीबारबाट प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । ‘कर्मशील जनशक्ति बगनासकालीको सम्पत्ति’ नारासहित सुरु भएको कार्यक्रमको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले उद्घाटन गरे ।

 

अध्यक्ष बस्यालले छनोटमा परेका रोजगारमा संलग्नलाई शुभकामना दिँदै कामलाई प्रभावकारी बनाउन आग्रह गरे । पालिकाको विकासका लागि श्रमिकको सदुपयोग महत्त्वपूर्ण हुने हुँदा सोहीअनुसार कार्यक्रम गरिँदै आएको उनले जानकारी दिए ।

 

गाउँपालिकाको वडा नम्बर १ को गाबटुंगदेखि नायरसम्म जाने मोटर बाटोको नाली निर्माण योजनाको थालनीसँगै रोजगार कार्यक्रम सुरु भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले बताए ।


सो अवसरमा वडा नम्बर १ का वडाध्यक्ष सोमबहादुर झेंडीले गुनासो नआउने गरी कामलाई व्यवस्थित गर्न सुझाए । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक योजनाअन्तर्गत वडा नम्बर १ मा २ वटा योजना रहेको जानकारी दिए ।


रोजगार संयोजक सरिता पाण्डेका अनुसार कार्यक्रमले वडा नम्बर १ का ११ जनाले रोजगारी अवसर प्राप्त गरेका छन् । रोजगार शाखाका प्रविधिक पुरुषोत्तम न्यौपानले वडा नम्बर १ मा पहिलो चरणमा ४१ दिनको नाली निर्माण सकिएपछि ५९ दिनको अर्को योजना थालिने बताए ।


उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी, प्रमुख प्रशासकीय अधिकृत विष्ण घर्ती, गाउँपालिकाका विभिन्न शाखाका कर्मचारी, रोजगारमा संलग्न व्यक्तिलगायत सहभागी थिए ।