close

बालमैत्री नगर घोषणालाई दिगो बनाउन रणनीतिक योजना बुन्दै तिलोत्तमा 

बालमैत्री नगर घोषणालाई दिगो बनाउन रणनीतिक योजना बुन्दै तिलोत्तमा 

Trulli
ADVERTISEMENT

रूपन्देही–रूपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगर बनाउन विभिन्न कार्यक्रम भइरहेका छन् । बालमैत्री घोषणापछि त्यसलाई दिगो बनाउन आवश्यक योजनासमेत निर्माण गरिएको छ ।

 

तिलोत्तमालाई आउँदो २९ मंसिरमा बालमैत्री नगरपालिका घोषणा गर्ने गरी आवश्यक सूचक पूरा गराउन विभिन्न अभियान भइरहेका हुन् । बालमैत्री स्थानीय शासनका सूचकको अन्तिम अवस्था मापन, स्थितिपत्र तयारी तथा घोषणापछि दिगोपनका लागि सरोकारवालाको सहभागितामा रणनीतिक योजना निर्माण गरिएको हो ।

 

त्यसक्रममा जनप्रतिनिधि, कर्मचारी, विद्यालयका प्रधानाध्यापक, बाल क्लब, विभिन्न संघ–संस्था, टोल विकास संस्था, सरकारी तथा गैरसरकारी सेवाप्रदायक निकायलगायत सरोकारवालाले दिएका सुझावकको आधारमा रणनीतिक योजना निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

 

कार्यशालामा सबै वडाका प्रतिनिधिले आफ्नो समग्र वडाको हालसम्मको बालमैत्री वातावरण अवस्थाबारे जानकारी गराउनुका साथै दिगोपनका लागि गर्नुपर्ने कामलाई समेटेर योजना प्रस्तुत गरे ।


राष्ट्रिय प्रशिक्षक विष्णुबहादुर चौबेले नगरबासीको सामूहिक पहलले तिलोत्तमा बालमैत्री नगर घोषणा हुन लागेको बताए । नगरप्रमुख वासुदेव घिमिरेले बालमैत्री नगर बनाउने अभियानमा सबै मिलेर जुट्न आग्रह गर्दै यसको दिगोपनका लागि प्रतिबद्ध हुनुपर्ने उल्लेख गरे । 

 

तिलोत्तममा बालमैत्री नगर घोषणाका आवश्यक सूचक पूरा गर्न टोल– टोलमा विभिन्न कार्यक्रम भइरहेका छन् । बाल अधिकारको सन्दर्भमा सचेतना बढाउन छलफल, अन्रक्रिया, ¥याली, सडक नाटक, पर्चा पम्प्लेट तथा ब्यानर टांग्नेलगायत काम भएका छन् । 

 

बालमैत्री स्थानीय शासन; बाल अधिकारसम्बन्धी समग्र पक्ष अर्थात् बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको प्रवद्र्धन गरी नेपालको संविधानबमोजिम स्थानीय तहमा सुशासन अभिवृद्धि गर्न ल्याइएको अवधारणा हो । 

 

यो अवधारणाले बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागिताजस्ता बाल अधिकारका सवाललाई स्थानीय तहको नीति, योजना, संरचना, प्रणाली र कार्य प्रक्रियामा संस्थागत गर्ने शासकीय पद्धतिलाई जनाउँछ । रूपन्देहीका १६ स्थानीय तहमध्ये तिलोत्तमा पहिलो बालमैत्री नगर घोषणा हुन लागेको हो ।