close

नमोबुद्धमा २८ मंसिरदेखि मतदाता नामावली संकलन

नमोबुद्धमा २८ मंसिरदेखि मतदाता नामावली संकलन

Trulli
ADVERTISEMENT

काठमाडौं– निर्वाचन आयोगले आसन्न स्थानीय, प्रदेश तथा संघको निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली संकलन गरिरहेको छ । काभ्रेको नमोबुद्ध नगरपालिकामा पनि फोटोसहितको मतदाता नामावली संकलन गरिने भएको छ । 


नमोबुद्धमा २८ मंसिरदेखि ८ पुससम्म मतदाता छुट नामावली संकलन गरिने नगरपालिकाले जनाएको छ । १० दिनसम्म सञ्चालन गरिने मतदाता नामावली संकलनका लागि २८ मंसिरमा वडा नम्बर ११, २९ मंसिरमा वडा नम्बर १०, १ पुसमा वडा नम्बर ९ तोकिएको छ ।


यस्तै, २ पुसमा वडा नम्बर ८ र ९, ३ पुसमा वडा नम्बर ७, ४ पुसमा वडा नम्बर ५, ५ पुसमा वडा नम्बर ४ मा मतदाता नामावली संकलन तथा दर्ता गरिनेछ । नगरपालिकाका अनुसार ६ पुसमा वडा नम्बर ३, ७ पुसमा वडा नम्बर २ र ८ पुसमा वडा नम्बर १ मा मतदाता नामावली संकलन गरिने कार्यतालिका छ ।


मतदाता नामावलीमा नाम दर्ता गर्न जाँदा नागरिकता प्रमाणपत्रको सक्कल प्रतिलिपि लिएर पालिकाको केन्द्रमा विवरण भर्न सकिनेछ । बसाइँसराइ र विवाह दर्ताको प्रमाणपत्रको आधारमा पनि मतदाता नामावली सकंलन हुनेछ ।