close

युनिसेफको प्रतिवेदन : दक्षिण एसियाका बालबालिका प्रकोपको उच्च जोखिममा 

युनिसेफको प्रतिवेदन : दक्षिण एसियाका बालबालिका प्रकोपको उच्च जोखिममा 

Trulli
ADVERTISEMENT

काठमाडौं– युनिसेफले दक्षिण एसियाका सरकारले कोभिड–१९ महामारी र अन्य प्रकोपका कारण बालबालिका र तिनका परिवारका लागि तत्काल लगानी विस्तार गर्न आवश्यक रहेको औँल्याएको छ ।


‘दक्षिण एसियामा बालबालिकाका लागि अवसर पुनः उत्पन्न गर्ने’ नामक प्रतिवेदनले यस क्षेत्रका ६० करोड बालबालिकामध्ये सबैभन्दा सीमान्तकृत बालबालिकामा महामारीले प्रभाव पारेको उल्लेख छ ।


प्रतिवेदनले अत्यावश्यक स्वास्थ्य, खोप, पोषण, संरक्षण र शिक्षालाई प्रगतिको अवस्थामा फर्काउन नसके दशकौँसम्म जटिल प्रभाव रहिरहने बताएको छ ।प्रतिवेदनमा दक्षिण एसियामा २५ वर्षको अवधिमा बाल मृत्युदर आधाभन्दा बढीले घटेको छ । साथै, पुड्कोपनाबाट पीडित बालबालिकाको संख्या पनि सन् २००० पछि एक तिहाइभन्दा बढीले घटेको उल्लेख छ ।

 

माध्यमिक विद्यालयमा भर्ना हुने बालबालिकाको संख्या क्रमशः बढ्दै गएको छ । १८ वर्ष नपुग्दै विवाह गर्ने बालिकाको संख्या घटेको छ । ९० प्रतिशतभन्दा बढी जनताको सुरक्षित खानेपानीमा पहुँच छ ।


‘हामीले बाल अधिकारको विकासमा हासिल गरेका उल्लेखनीय उपलब्धि अहिले जोखिममा छन्’, दक्षिण एसियाका लागि युनिसेफका क्षेत्रीय निर्देशक जर्ज लारिया–एडजेईले भनेकी छन्, ‘तत्काल ठोस कदम चाल्न असफल भयौँ भने कोभिड–१९ महामारीको सबैभन्दा नराम्रो असर आगामी दशकमा महसुस हुनेछ । तर, तत्काल कार्य ग र्‍यौँ भने दक्षिण एसियाका प्रत्येक बालबालिकाले बाँच्ने र फस्टाउने कुरा सुनिश्चित गर्न सक्नेछौँ ।’


युनिसेफका अनुसार बालबालिकाको प्रगतिलाई पहिलेकै स्थितिमा लैजान गरिने तत्काल लगानीसँगै यो क्षेत्र भविष्यमा हुन सक्ने महामारीका लागि पनि तयारी अवस्थामा रहनुपर्छ ।