close

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा चालकको मृत्यु, ८ जना घाइते

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा चालकको मृत्यु, ८ जना घाइते

Trulli
ADVERTISEMENT

काठमाडौं–सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ४ मा जन्ती बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ८ घाइते भएका छन् । बा२ख ५६१४ नम्बरको बस शनिबार राती ९ बजे दुर्घटना हुँदा चालक बलेफी वडा नम्बर ६ का राजु तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा परेर गम्भीर घाइते भएका ८ जनाको खाडीचौर र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बलेफी वडा नम्बर ५ का सन्तोष भुजेलको बिहेको जन्ती लिएर बस काभ्रेको भुम्लु जाँदै थियो ।