close

राष्ट्रपति भण्डारी जुम्लामा

राष्ट्रपति भण्डारी जुम्लामा

Trulli
ADVERTISEMENT

जुम्ला–राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार जुम्ला सदरमुकाम खलंगा आएकी छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सुरु हुन थालेको एबिबिएस अध्ययन कार्यक्रम उद्घाटन गर्न राष्ट्रपति जुम्ला आएकी हुन् । 


चिकित्सा शिक्षा आयोगले एमबिबिएसका लागि २० कोटा छुट्याएकामा १९ जना भर्ना भएका छन् भने बी फार्ममा २० कोटा निर्धारण भएकामा ११ जना, बिएनएसतर्फ १६ जना, बिएमएसतर्फ ८ र बीपीएचतर्फ ६ जना विद्यार्थी भर्ना भएका छन् ।


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रको ध्यान केन्द्रित गर्न एमबिबिएस कार्यक्रम उद्घाटनका लागि राष्ट्रपतिलाई जुम्ला डाकिएको हो । 
राष्ट्रपति भण्डारीले ७६ करोड रुपैयाँ लागतमा बन्दै गरेको प्रतिष्ठानको शैक्षिक भवनको पनि शिलान्यास गर्नेछन् ।