close

पुल तर्न १० रुपैयाँ  शुल्क ! 

पुल तर्न १० रुपैयाँ  शुल्क ! 

Trulli
ADVERTISEMENT

तनहुँ– पुल तर्दा  १० रुपैयाँ शुल्क लाग्छ भन्दा जो कसैलाई अचम्म लाग्न सक्ला तर तनहुँको मादी नदीमाथि बनाइएको पुल तर्दा शुल्क तिर्नुपर्छ । व्यास नगरपालिका–५ बेनीपाटनमा सोही वडास्थित पाटन युवा क्लबको आयोजनामा प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सव यही मङ्सिर २४ गतेदेखि सञ्चालनमा ल्याइएको छ । 

 

मादी नदीमाथि झोलुङ्गे पुल निर्माण गरिएको भए पनि पुलको मुखमा प्रहरी राखेर सीमित मानिस मात्रै आवतजावतका लागि व्यवस्था मिलाइएको छ । महोत्सवमा हुनसक्ने दर्शकको भीडलाई मध्यनजर गर्दै स्थानीय बोटे समुदायले मादी नदीमाथि बाँसको अस्थायी पुल निर्माण गरेका हुन् । 

 

पाटन बोटे समाजका अध्यक्ष टेकबहादुर बोटेको सक्रियतामा करिब ३५ जना बोटेद्वारा दुई दिन लगाएर बाँसको पुल निर्माण गरिएको बताए । भैरव बोटे, लोके बोटे, उत्तम बोटे, डिले बोटेलगायतका स्थानीय बोटेको सक्रियतामा बाँसको अस्थायी पुल निर्माण गरिएको हो ।  


    
व्यास–३ को व्यासगुफाबाट व्यास–५ को पराशर आश्रम निस्कने गरी निर्माण गरिएको पुलबाट महोत्सवस्थल जानका लागिसमेत छोटो दूरी पर्दछन् । बाँसको पुल तर्दा लिइएको  १० ले सीमान्तकृत बोटे समुदायको सामाजिक कार्यमा खर्च गर्ने उद्देश्य राखिएको स्थानीयवासी मङ्गलबहादुर बोटेले जानकारी दिए ।