close

जिप दुर्घटनामा ३ जनाको मृत्यु

जिप दुर्घटनामा ३ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

दाङ– दाङको तुलसीपुरबाट सल्यानको कपुरकोट जाँदै गरेको जिप तुलसीपुर वडा नम्बर ३ सिरखोलामा दुर्घटनामा परेको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ महिला र १ पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेको पहिचान खुलेको छैन ।


राप्ती राजमार्गअन्तर्गत तुलसीपुर वडा नम्बर ३ सिरखोलामा रा१ज ४३८ नम्बरको जिप दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुजाराले जानकारी दिए ।


जिप बेलुका साढे ४ बजेतिर दुर्घटनामा परेको हो । जिप सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा करिब १३ जना यात्रु सवार रहेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।