close

मतदाता नामावली संकलन गर्ने  कर्मचारीमाथि कुटपिट

मतदाता नामावली संकलन गर्ने  कर्मचारीमाथि कुटपिट

Trulli
ADVERTISEMENT

बनेपा– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका कार्यालय परिसरमा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्न पुगेका कर्मचारीमाथि कुटपिट भएको छ । बेथानचोक गाउँपालिका–२ का विष्णुप्रसाद सापकोटा अर्को जिल्लामा विवाह भएर गएको छोरीको विवरण भर्न आएपछि के गर्ने भन्ने विषयमा भएको विवादमा नामावली दर्ता गर्ने कर्मचारी कमल नेपालमाथि आइतबार कुटपिट भएको जनाएको छ ।

 

नामावली सङ्कलनको क्रममा बेथानचोकबाट नै नाम दर्ता गर्ने क्रममा आफूमाथि कुटपिट भएको दर्ता गर्ने कर्मचारी कमल नेपालले बताए । ‘ममाथि सुनियोजित तरिकाले आक्रमण भयो’, उनले भने, ‘आक्रमण गर्नेलाई कानुनी कारबाहीको माग गरेको छु ।’

 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेशकुमार राईले भने पीडितसँग बुझेर आवश्यक कारबाहीको प्रक्रिया चाल्ने बताए । ‘कर्मचारी नेपालका अनुसार काम गरिरहेको स्थलमा नै कुटपिट भएको भन्ने जानकारी दिनुभएको छ’, उनले भने, ‘पीडितबाट आएको निवेदनको आधारमा आवश्यक कारबाहीको लागि प्रमुख जिल्ला अधिकारी समक्ष विवरण पेश गर्नेछु ।