close

भक्तपुरमा निर्माण हुँदै आधुनिक शवदाहगृह

भक्तपुरमा निर्माण हुँदै आधुनिक शवदाहगृह

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको हनुमानघाटमा सुधारिएको शवदाहगृह निर्माण गरिने भएको छ । भक्तपुर नगरपालिका र स्थानीयको सहयोगमा दाउरा कम प्रयोग हुने गरी आधुनिक शवदाहगृह निर्माण गरिन लागेको हो । 

 

नगरपालिकाका अनुसार वडा नम्बर ७ स्थित हनुमानघाटमा लाश जलाइँदा धुवाँ र प्रदूषण कम गर्न सुधारिएको शवदाहगृह निर्माण गर्न लागिएका हो । नगर उपप्रमुख रजनी जोशीले नगरबासीबाटै व्यवस्थित शवदाहगृह बनाउन माग आएकाले नयाँ प्रविधिसहितको सुधारिएको शवदाहगृह निर्माण गरिन लागेको जानकारी दिइन् ।


व्यवस्थित शवदाहगृह निर्माणले हनुमानघाटमा हुने प्रदूषण कम गरी सरसफाइमा ध्यान दिन सकिने उनको भनाइ छ । शवदाहगृह निर्माणका लागि पालिकाले ५७ लाख ५७ हजार ४३३ रुपैयाँको बजेट अनुमान गरेको छ । सोमध्ये पहिलो चरणमा २५ लाख विनियोन गरेको उपभोक्ता समितिका अध्यक्ष कृष्णगोविन्द लाखाजुले बताए ।


सुधारिएको शवदाहगृहमा शवको दाहसंस्कार गर्दा २ घन्टा बढी समय नलाग्ने, परालले छोप्नु नपर्ने, फलामे ढकनी प्रयोग हुने, धुवाँ कम आउने भएकाले प्रदूषण कम हुने, दाउरा साविकभन्दा आधा मात्र लाग्ने र गुठीको परम्पराअनुसार संस्कार पु¥याएर दाहसंस्कार गर्न मिल्ने उपभोक्ता समितिले जनाएको छ ।