close

बुटवलमा जिल्लास्तरीय रनिङ सिल्ड प्रतियोगिता हुँदै  

बुटवलमा जिल्लास्तरीय रनिङ सिल्ड प्रतियोगिता हुँदै  

Trulli
ADVERTISEMENT

रूपन्देही–रूपन्देहीको बुटवलमा रहेको मुलुककै नमुना सामुदायिक विद्यालय कालिका मानव ज्ञान माध्यमिक विद्यालयले आगामी १ देखि ५ पुससम्म बुटवलमा जिल्लास्तरीय कालिका रनिड सिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ । विद्यालयको ६१औँ वार्षिकोत्सव अवसरमा प्रतियोगिता गरिन लागेको हो ।


प्रतियोगितामा जिल्लाभरका ३० विद्यालयबाट ८० खेलाडी, ६० प्रशिक्षक र ३० जना निर्णायकको सहभागिता रहनेछ । प्रतियोगिताअन्तर्गत भलिबल, कबड्डी, एथलेटिक्स, ज्याभलिङथ्रोलगायत खेल समावेश गरिएको विद्यालयका प्राचार्य दिनेश थापाले बताए । प्रतियोगितामा १६ स्वर्ण, १६ रजत र १६ कास्य गरी ४८ पदकमा प्रतिस्पर्धा गराइनेछ । प्रथम हुनेलाई सिल्ड, मेडल र प्रमाणपत्रसहित ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।


दोस्रो हुनेलाई मेडल र प्रमाणपत्रसहित ३० हजार र तेस्रोलाई मेडल र प्रमाणपत्रसहित २० हजार रुपैयाँ प्रदान गरिनेछ ।
०७५ देखि लगातार पुरस्कृत हुँदै आएको विद्यालयले विगत वर्षमा बुटवल उपमहानगर स्तरीय रनिङ सिल्ड प्रतियोगिता आयोजना गर्दै आएको थियो भने । वर्षदेखि प्रतियोगितालाई जिल्लास्तरीय बनाइएको विद्यालय व्यवस्थापन समिति सल्लाहकार महेन्द्र थापाले बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष होमबहादुर गलामीले शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको कालिका मानवज्ञानले खेल क्षेत्रलाई उकास्न विभिन्न समयमा स्पर्धा गर्दै आएको बताए ।


विद्यालयका खेलकुद शिक्षक हरि ओलीले वार्षिक रूपमा सञ्चालन गर्ने आन्तरिक प्रतियोगिता सम्पन्न भइसकेको जानकारी दिए । साताव्यापी कार्यक्रमअन्तर्गत लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले खेलको उद्घाटन गर्ने कार्यतालिम सार्वजनिक गरिएको छ ।