close

सिद्धार्थनगर ४ नम्बर वडा सचिव घुससहित पक्राउ 

सिद्धार्थनगर ४ नम्बर वडा सचिव घुससहित पक्राउ 

Trulli
ADVERTISEMENT

रूपन्देही– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रुरूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडा सचिव मोहम्मद सिद्धिकलाई घुस रकमसहित पक्राउ गरेको छ । वडा सचिवमा कार्यरत नायब सुब्बा सिद्धिकलाई घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो । 


विवाह दर्तामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग ३ हजार रुपैयाँ घुस माग गरिरहेको सूचनाका आधारमा अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले सिद्धिकलाई नियन्त्रणमा लिएको हो ।


घुस लिइसकेको अवस्थामा उक्त रकमसहित सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ को कार्यालयबाट उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।