close

लोकसेवा तयारी कक्षा चलाउँदै बेथानचोक

लोकसेवा तयारी कक्षा चलाउँदै बेथानचोक

Trulli
ADVERTISEMENT

काठमाडौं–काभ्रेको बेथानचोक गाउँपालिकाले चालू आर्थिक वर्ष ०७८÷७९ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको छ । भविष्यमा लोकसेवा आयोगबाट सञ्चालन हुने शाखा अधिकृत तथा नासु पदको तयारीका लागि कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिए ।

 

उनका अनुसार कक्षा लिन इच्छुकलाई सहभागिताका लागि गाउँपालिकाले अनुरोध गरेको छ । इच्छुक व्यक्तिले कम्तीमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भएको शैक्षिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, वडा कार्यालयको सिफारिस र १८ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ ।

 

गाउँपालिकाका अनुसार कक्षामा ६० जनासम्म सहभागी गराइनेछ भने बेथानचोककै पार्वती माध्यमिक विद्यालयमा कक्षा सञ्चालन हुनेछ ।  लोकसेवा कक्षाका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।