close

मौसम खराबीले हवाई उडान प्रभावित

मौसम खराबीले हवाई उडान प्रभावित

Trulli
ADVERTISEMENT

काठमाडौं– प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको छ । काठमाडौंको अकासमा बिहानैदेखि बाक्लो तुँवालो लागेर भिजिबिलिटी कम हुँदा विमानस्थलमा बिहानैदेखि उडान प्रभावित भएको हो । 

 

मौसम खराबीले दुवैतर्फका उडान सामान्य प्रभावित भएको विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले जानकारी दिए । उनका अनुसार आन्तरिकतर्फ आइएफआर उडान मात्र भइरहेको छ । अन्तर्राष्ट्रियमा पनि बिहान कतिपय उडान प्रभावित भए अहिले सामान्य अवस्था रहेको छ ।

 

बिहान दिल्लीबाट आएको इथोपियन एयरलाइन्सको जहाज डाइभर्ट भएको थियो । अहिले विमानस्थलको भिजिबिलिटी तीन हजार मिटर छ । मौसम खराबीले आन्तरिक उडान हुने देशका कतिपय विमानस्थलमा पनि उडान हुन नसकेको जानकारी दिइएको छ । 


बाक्लो कुहिरो र हुस्सुका कारण आइएफआर उडान हुँदा आन्तरिक उडान डिले हुने गरेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए । उडान डिले भए पनि गन्तव्यमा यात्रु पु¥याउन एयरलाइन्सले हरसम्भव प्रयास गरिरहेको उनको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । 

 

धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना छ । पहाडी भेगमा बाक्लो तुँवालो लागेको छ भने तराईका कतिपय स्थानमा हुस्सु/कुहिरो लागेको छ । मंगलबार काठमाडौंको न्यूनतम ३ दशमलव ६ र अधिकतम तापक्रम १७ डिग्री सेल्सियस रहेको छ ।