close

बालविवाह न्यूनीकरण सचेतना अभियान चलाउँदै कटारी

बालविवाह न्यूनीकरण सचेतना अभियान चलाउँदै कटारी

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको कटारी नगरपालिकाले बालविवाह न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले उपप्रमुख भीमकुमारी राउतको नेतृत्वमा माध्यमिक विद्यालयका विद्यार्थीलाई बालविवाह न्यूनीकरणसम्बन्धी स्टिकर वितरण अभियान सुरु गरिएको हो ।

 


इलाका प्रहरी कार्यालय कटारीको समन्वयमा उपप्रमुख राउतले नगर क्षेत्रका माध्यमिक विद्यालयका विद्यार्थीलाई सचेतनामूलक स्टिकर वितरण गरिन् ।

 

नगरभित्र बालविवाहको दरमा कमी नआएपछि अभियानकै रूपमा नमुना काम सुरु गरेको उपप्रमुख राउतले बताइन् । बालविवाह न्यूनीकरणका लागि विभिन्न कार्यक्रमअन्तर्गत पहिलो चरणमा विद्यार्थीलाई स्टिकर वितरण तथा सचेतनामूलक पर्चा टाँस कार्यक्रम सुरु गरिएको उनले जानकारी दिइन् ।

 

उपप्रमुख राउतका अनुसार सार्वजानिक स्थलमा होडिङबोर्ड निर्माण तथा अन्य कार्यक्रम सञ्चालन गरिनेछ । नगरका १४ वटै वडामा अभियान चलाइने उनको भनाइ छ ।