close

उदयपुरबाट वितरण हुँदै ई–पासपोर्ट

उदयपुरबाट वितरण हुँदै ई–पासपोर्ट

Trulli
ADVERTISEMENT

उदयपुर– जिल्ला प्रशासन कार्यालय उदयपुरले ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सुरु गरेको छ । जिल्लाबाट ई–पासपोर्ट वितरणका लागि प्राविधिक पक्षमा काम भइरहेको प्रशासन कार्यालय उदयपुरका कम्प्युटर अपरेटर सुनील पोखरेलले जानकारी दिए । ‘जिल्ला प्रशासन कार्यालयबाट अनलाइन फर्म भर्ने र कागजात सिस्टममा अपलोड गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘हामीले अपलोड गर्ने कागजात ४०० किलो वाइटभन्दा कम साइजको हुनुपर्ने भएकाले र राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेकाले मात्र ई–पासपोर्ट बनाउन सक्नेछन् ।’

 

नयाँ प्रविधि हुँदा समय लाग्ने र आलोपालो मिलाउनुपर्ने भएकाले फारम भर्न जिल्ला प्रशासन जाँदा समय लिएर मात्र आउन उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले आग्रह गरे । सहायक प्रजिअ पोखरेलका अनुसार ई–पासपोर्टका लागि आवेदन पेस भएको १५ दिनभित्र सेवाग्राहीले पाउन सक्नेछन् ।