close

जुवा खालबाटै पक्राउ परे भेरी नगरपालिकाका जनप्रतिनिधि

जुवा खालबाटै पक्राउ परे भेरी नगरपालिकाका जनप्रतिनिधि

Trulli
ADVERTISEMENT

जाजरकोट–जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जना जुवाको खालबाटै पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार उनीहरूलाई जाजरकोट सदरमुकाम नजिकै गैरीखालीबाट पक्राउ गरिएको हो ।

 


जिल्ला प्रहरी कार्यालय जाजरकोटले उनीहरूलाई शनिबार राती २ बजे पक्राउ गरेको थियो । पक्राउ पर्नेमा अधिकृत घर्तीसहित कांग्रेस भेरी नगरपालिकाका सभापति एवं वडाध्यक्ष शशी बुढा पनि रहेका छन् । प्रहरीले जुवाडेको साथबाट २ लाख रुपैयाँ नगद बरामद गरेको छ ।