close

अछामका स्थानीय तहमा संकलन गरिँदै भूमिहीनको तथ्यांक

अछामका स्थानीय तहमा संकलन गरिँदै भूमिहीनको तथ्यांक

Trulli
ADVERTISEMENT

अछाम– अछामको बान्नीगढी जयगढ गाउँपालिकामा पालिकाभित्रका भूमिहीन र अव्यवस्थित बसोबासीको तथ्यांक संकलन गर्न सहजकर्ता परिचालन गरिएको छ ।

 

गाउँपालिकाभित्र रहेका भूमिहीन र अव्यवस्थित बसोबासीको तथ्यांक संकलन गर्न सहजकर्ता परिचालन गरिएको बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर खड्काले बताए । 


तथ्यांक संकलनको काम सकिएपछि पालिकाभित्रका भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र दिइने अध्यक्ष खड्काले जानकारी दिए । 

 

लामो समयदेखि अरूको जग्गामा घर बनाई बसोबास गरिरहेका तर जग्गाधर्नी पुर्जा नभएकालाई जग्गाधनी प्रमाणपत्र दिने उद्देश्यले एफएमडीसीको सहयोगमा अभियान थालिएको खड्काको भनाइ छ ।


आफ्नै कार्यकालमा विकास बजेट कटौती गरेर भए पनि भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र दिने उद्देश्यले काम गरिएको उनले बताए ।  पालिकाभित्रका भूमिहीन र अव्यवस्थित बसोबासीको तथ्यांक संकलन गर्न १८ पुसदेखि पालिकाका ६ वडामा १२ जना सहजकर्ता परिचालन हुँदै आएका छन् ।