close

जुम्लामा थपिए १ हजार बढी मतदाता

जुम्लामा थपिए १ हजार बढी मतदाता

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लामा १४७६ जना मतदाता थपिएका छन् । गत १७ मंसिरदेखि ९ पुससम्म जुम्लाका ६ वटा स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रममा १४७६ जना थपिएका हुन् । जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी महेश शर्माका अनुसार ६ वटा स्थानीय तहमा भन्दा जिल्ला कार्यालयमा बढी मतदाता नामावली संकलन भएको छ । 

 

स्थानीय तहमध्ये तिला गाउँपालिकामा २९३, पातारासीमा ३२३, हिमामा १३७, तातोपानीमा ३००, गुठीचौरमा ३०८ र कनकासुन्दरी गाउँपालिकामा ११५ जना नयाँ मतदाता थपिएको निर्वाचन अधिकारी शर्माले बताए । ‘प्रत्येक महिनाको मतदाता संकलनको रिपोर्ट केन्द्रीय कार्यालय पठाउने गरेका छौँ । मंसिरमा जिल्ला प्रशासन कार्यालय जुम्लामा ४५१ जनाले फोटोसहितको मतदाता नामावली भरेका छन् । जिल्ला निर्वाचन कार्यालय जुम्लाबाट ३०४ र इलाका प्रशासन कार्यालय नराकोटबाट २१३ जनाको मतदाता नामावली संकलन भएको छ’, शर्माले भने ।

 

बाहिरी जिल्लाका १३१ जनाको जिल्ला निर्वाचन कार्यालय जुम्लाबाट मतदाता नामावली संकलन भएको जिल्ला निर्वाचन अधिकारी शर्माले बताए । ९ पुससम्म जिल्लाको कुल मतदाता संख्या ६८ हजार ११४ छन् । यसमा पुरुष ३५ हजार ६५६ र महिला ३२ हजार ४५८ जना रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

 


जिल्लाका स्थानीय तहमा केन्द्रबाटै १० दिनका दरले पहिलो चरणको मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरिएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली संकलन थालेको हो ।

 

 

कर्णाली प्रदेशमा २९ हजार २ सय २८ जना मतदाता थपिएको आयोगले जनाएको छ । आयोगले ०७४ को प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुनुभन्दा ४ महिनाअघि मतदाता नामावली संकलन अभियान चलाएको थियो ।