close

जुम्लामा सडक अतिक्रमित घरटहरा भत्काइँदै

जुम्लामा सडक अतिक्रमित घरटहरा भत्काइँदै

Trulli
ADVERTISEMENT

जुम्ला–जुम्लामा सडक अतिक्रमण गरी निर्माण गरेका भौतिक संरचनाका घरटहरा र पर्खाल भत्काउन थालिएको छ । चन्दननाथ नगरपालिका, सडक डिभिजन कार्यालय जुम्ला, प्रहरी प्रशासनको समन्वयमा सडक अतिक्रमण गरी निर्माण गरिएको घर टहरा भत्काइन थालेको हो । 

 


सडक अतिक्रमण गरी निर्माण गरिएका घरटहरा र सडकमा जथाभावी फालिएका निर्माण सामग्री हटाउन प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसार्इं, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द, सशस्त्र प्रहरी बलका एसपी गगन श्रेष्ठ, चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापा, नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतलगायतको टोली सडकमै खटिएको छ । 

 


कर्णाली राजमार्गअन्तर्गत चन्दननाथ नगरपालिका वडा नम्बर ६ पुरानो बसपार्क क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका घरटहरा, सडकमा जथाभावी निर्माण सामग्री फाल्दा दुर्घटनाको जोखिम बढ्दै गएको थियो । सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गमा चौडाइ दायाँबायाँ गरी १५ मिटर क्षेत्रफल छुट्याएको छ । चन्ददननाथका नासु लक्ष्मीचन्द्र न्यौपानेका अनुसार १५ मिटर सडक चौडाइ अतिक्रमण गरी घर टहरा निर्माण भएका छन् ।

 

 

यसले सडक साँघुरो हँुदै गएको र सवारी दुर्घटना पनि बढेपछि सरोकारवाला निकायको समन्वयमा घरटहरा भत्काउन थालिएको उनले बताए । सशस्त्र प्रहरी बल जुम्लाका एसपी गगन श्रेष्ठले सडकमा जथाभावी घरटहरा निर्माण गर्दा सवारी दुर्घटनाको जोखिम हटाउन संरचना भत्काउन थालिएको जाननकारी दिए ।

 

‘सडक डिभिजन कार्यालय र चन्दननाथ नगरपालिकामार्फत घरटहरा हटाउन सूचना जारी गरिएको थियो । तर, स्थानीय आफैंले नहटाएपछि डोजर लगाएरै  हटाउनुपरेको हो’, उनले भने, ‘घरटहरा हटाउन स्थानीयसँग समन्वय भइरहेको छ ।’