close

महालक्ष्मी नगरको ११औँ नगरसभा : संशोधित बजेट र योजना पारित

महालक्ष्मी नगरको ११औँ नगरसभा : संशोधित बजेट र योजना पारित

Trulli
ADVERTISEMENT

काठमाडौं– ललितपुरको महालक्ष्मी नगरपालिकाको ११औँ नगरसभा सम्पन्न भएको छ । नगरप्रमुख रामेश्वर श्रेष्ठको अध्यक्षता र बागमती प्रदेशका प्रदेश मामिला समिति सभापति एवं प्रदेशसभा सदस्य माधवप्रसाद पौडेल सहभागी कार्यक्रममा नगरसभा सम्पन्न भएको हो ।

 

बैठकमा नगर उपप्रमुख निर्मला थापाले पेस गरेको दसौँ नगरसभाबाट स्वीकृत आर्थिक वर्ष ०७८/७९ को बजेट, योजना तथा कार्यक्रम संशोधनसम्बन्धी प्रस्ताव र विनियोजन विधेयक, २०७८ (पहिलो संशोधन) माथि छलफल भई नगरसभाबाट सर्वसम्मत पारित भएको छ ।

 

बैठकमा सभा सदस्य नन्दकुमार न्यौपानेबाट आर्थिक विधेयक, २०७८ (पहिलो संशोधन) सभासमक्ष पेस भई सर्वसम्मत पारित गरिएको छ । नगरसभामा कार्यपालिकाले चालू आव साउनदेखि हालसम्म गरेका निर्णय अनुमोदन गर्नेसम्बन्धी प्रस्ताव सभा सदस्य रेश्मा केसीले पेस गरेकी थिइन् । सो अवसरमा प्रदेशसभा सदस्य पौडेलले नगरसभा सफलताको शुभकामना दिए ।