close

सहिदभूमि ३ नम्बर वडा सदस्य राईको निधन 

सहिदभूमि ३ नम्बर वडा सदस्य राईको निधन 

Trulli
ADVERTISEMENT

धनकुटा– धनकुटाको सहिदभूमि गाउँपालिका वडा नम्बर ३ की ४१ वर्षीया वडा सदस्य धनमाया राई (घनमाया) को बुधबार बिहान करिब ७ बजे निधन भएको छ । राईको गौरुङ टोलस्थित उनकै घरमै निधन भएको हो । श्रीमान् पुस्त राईका अनुसार उनलाई करिब ६ महिनादेखि मधुमेहको समस्या थियो । समयमा दिसाब, पिसाब नलाग्ने समस्या पनि थियो । 

 

पछिल्लो पटक उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको थियो । मंगलबार अस्पतालबाट फर्काएर ल्याएको १ दिन नबित्दै राईको निधन भएको हो । मृतक राई गत स्थानीय तह निर्वाचनमा एमालेबाट सहिदभूमि वडा नम्बर ३ को महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।  मृतक राईका श्रीमान्सहित दुई छोरा रहेको सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले बताए ।