close

ज्याला नपाएपछि वडा कार्यालयमा लाग्यो ताला

ज्याला नपाएपछि वडा कार्यालयमा लाग्यो ताला

Trulli
ADVERTISEMENT

कालीकोट–कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष ०७७÷७८ को सडक निर्माण गरेका मजदुरले ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । 


गत असार मसान्तमा मजदुरले भुक्तानी पाउनुपर्ने भए पनि हालसम्म पाएका छैनन् । मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १३२ कामदार वडा नम्बर १ बाट छनोट भएका थिए । प्रतिव्यक्ति ५० दिनसम्म काम गरे पनि कामदारले ज्याला नपाएको स्थानीय गोकर्णप्रसाद जैसीले जानकारी दिए । 


उनले आफूहरूलाई ५० दिनसम्म काम गर्न भनिएको र सोहीअनुसार काम गर्दा पनि ज्याला हालसम्म नपाएको बताए । उनले भने, ‘ज्याला नपाउन्जेल ताला खादैनौँ ।’ ताला लगाउन वडाका ४८ महिला तथा पुरुष कामदार वडा कार्यालयमै पुगेका थिए ।