close

नगर विकास कोषमा नयाँ सञ्चालक समिति 

नगर विकास कोषमा नयाँ सञ्चालक समिति 

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले नगर विकास कोषमा नयाँ सञ्चालक समिति नियुक्त गर्ने निर्णय गरेको छ । १४ पुसको मन्त्रिपरिषद् बैठकले नयाँ सञ्चालक समिति गठन गर्ने निर्णय गरेको हो । समितिको पदावधि २ वर्षको हुने भएकाले नयाँ सञ्चालक समिति बनाइएको कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले बताए । 

 

‘कोषमा नयाँ समिति आएको छ,’ उनले भने, ‘समितिको पदावधि सकिएर नयाँ नियुक्ति भएको हो । अब समितिले काम सुरु गर्नेछ ।’ नयाँ सञ्चालक समितिमा प्रदेश १ को त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरी, प्रदेश २ को क्षीरेश्वरनाथ नगरपालिका उपप्रमुख रचना श्रेष्ठ, बागमती प्रदेशको धुनीबेँसी नगरपालिका प्रमुख बालकृष्ण आचार्य रहेका छन् ।


यस्तै, गण्डकी प्रदेशबाट गोरखा नगरपालिका प्रमुख राजनराज पन्त, लुम्बिनी प्रदेशको रेसुंगा नगरपालिका प्रमुख डिल्लीराम भुसाल, कर्णाली प्रदेशको रास्कोट नगरपालिका उपप्रमुख मिमसरा बम, सुदूरपश्चिम प्रदेशको गोदावरी नगरपालिका उपप्रमुख रत्ना कडायत समितिमा रहेका छन् । सञ्चालक समितिको पदावधि २ वर्षको हुनेछ ।