close

जनप्रतिनिधि र कर्मचारीलाई तालिम दिन खोलिँदै संघीय मामिला प्रशिक्षण प्रतिष्ठान 

जनप्रतिनिधि र कर्मचारीलाई तालिम दिन खोलिँदै संघीय मामिला प्रशिक्षण प्रतिष्ठान 

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले जनप्रतिनिधि र कर्मचारीलाई तालिम दिन संघीय मामिला प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने भएको छ । जनप्रतिनिधि तथा प्रशासनिक नेतृत्वलाई प्रशिक्षण दिन प्रतिष्ठान स्थापना गर्न लागिएको हो । संघीयता अध्ययन, अनुसन्धान गर्न तथा संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धबारे संविधानमा भएको व्यवस्थाबारे प्रतिष्ठानले प्रशिक्षण दिनेछ ।

 

प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न विधेयक मस्यौदा प्रस्ताव पारित भइसकेको छ । ‘प्रतिष्ठान स्थापना नेपालमा संघीयतालाई मजबुत गर्ने ऐतिहासिक कदम हुने विश्वास लिएको छु,’ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले भने । प्रतिष्ठान स्थापना गर्न गत १८ पुसमा स्वीकृतिसमेत भएको छ ।