close

पाठेघर खसेका महिलाको निःशुल्क उपचार

पाठेघर खसेका महिलाको निःशुल्क उपचार

Trulli
ADVERTISEMENT

डोटी–बोगटान फुड्सिल गाउँपालिकाका पाठेघर खसेका १५ महिलाको निःशुल्क उपचार गरेएको छ । पालिकाको आर्थिक सहयोगमा डा लेखनाथ भट्ट नेतृत्वको टोलीले पाठेघर खसेका महिलाको निःशुल्क उपचार गरेको हो । 

 

वर्षौँदेखि पाठेघरको समस्याबाट ग्रसित भएका महिलाको गाउँपालिकाको आर्थिक सहयोग र शैलेश्वरी अस्पताल दिपायलको प्राविधिक सहयोगमा शल्यक्रिया गरिएको शैलेश्वरी अस्पताल दिपायलका प्रबन्ध  निर्देशक आइजङ्ग कुँवरले जानकारी दिए। उनका अनुसार टिएएच विधिद्वारा गरिएको शल्यक्रियामा प्रति बिरामी चार घण्टा समय लगाएर शल्यक्रिया गरिएको छ ।

 

पाठेघर खसेका महिलामा मानसिक तथा शारीरिक समस्या हुने भएका कारण यसले स्वास्थ्यमा धेरै ठूलो असर गर्ने हुँदा ती महिलाको पाठेघरको शल्यक्रिया शिविर सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष भगवती बमले बताइन् । जिल्लाका धेरै ठाउँमा पाठेघरका समस्या भएका सयौँ महिलाले आर्थिक अभाव र रोग लुकाउने गरेका कारण यो समस्या जटिल बन्दै गएको चिकित्सक बताउँछन् ।