close

एनएमबी बैंकको साधारणसभा सम्पन्न

एनएमबी बैंकको साधारणसभा सम्पन्न

Trulli
ADVERTISEMENT

काठमाडौं– एनएमबी बैंकको २६औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभा बैंक सञ्चालक समिति अध्यक्ष पवनकुमार गोल्यानको सभापतित्वमा सम्पन्न भएको हो । साधारणसभाले आव ०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश कर प्रयोजनसमेतका लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।


साधारणसभाद्वारा स्वीकृत बोनस सेयरपछि बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड पुगेको छ । बैंकको ०७८ असारसम्म खुद नाफा २ अर्ब ७१ करोड, निक्षेप १६६ अर्ब र कर्जा १५८ अर्ब रहेको छ । 


बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ गरी चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ । बैंकले हाल २०१ शाखा, १३८ एटीएम र ९ विस्तारित काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।