close

राप्ती पालिकामा प्लम्बिङ तालिम

राप्ती पालिकामा प्लम्बिङ तालिम

Trulli
ADVERTISEMENT

दाङ– दाङको राप्ती गाउँपालिकाले विभिन्न खानेपानी आयोजना सञ्चालन सहज बनाउन ग्रामीण खानेपानी मर्मत तालिम आयोजना गरेको छ ।
पालिका र नामसालिङ सामुदायिक विकास केन्द्रको संयुक्त आयोजनामा प्लम्बिङ तालिम सञ्चालन गरिएको हो । 


राप्ती पालिका क्षेत्रका विभिन्न वडा तथा गाउँमा खानेपानी आयोजनाको काम सहज बनाउन ग्रामीण खानेपानी मर्मत तालिम सञ्चालन गरिएको हो ।
राप्ती क्षेत्रका ९ वटै वडाका व्यक्ति सहभागी ग्रामिण खानेपानी मर्मत संभार कार्यकर्ता तालिमपछि यस क्षेत्रमा रहेका खानेपानी संस्थामा आबद्ध उपभोक्ताले सानातिना मर्मतसम्भार गर्न सक्ने पालिकाकी प्राविधिक गीता चौधरीले बताइन् । 


तालिममा सहभागीलाई पानीका पाइप जडान तालिम दिइएकाले आउँदा दिनमा खानेपानी योजनामा रोजगारीसमेत पाउन सक्ने उनको भनाइ छ । ७ दिने ग्रामीण खानेपानी मर्मत सम्भार कार्यकर्ता तालिममा सहभागी वडा नम्बर ९ रुपाकोटका विष्णुबहादुर चुहान मगरले तालिमपछि खानेपानी मर्मतका धेरै कुरा सिकेको बताए ।


नामसालिङ सामुदायिक विकास केन्द्र दाङले राप्तीका विभिन्न वडामा सोलार लिफ्टिङ खानेपानी तथा सिँचाइ योजना सञ्चालमा ल्याएको अवस्थामा योजनाको दिगोपनाका लागि स्थानीय उपभोक्तालाई तालिममा सहभागी गरिएको नामसालिङका जिल्ला कार्यक्रम प्रमुख शशांकबाबु आचार्यले जानकारी दिए ।