close

हिमपातले टावरमा समस्या

हिमपातले टावरमा समस्या

Trulli
ADVERTISEMENT

डोटी–डाेटीकाे  पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका ४ र ६ मा राखिएका नेपाल टेलिकमका टावरले काम नगर्दा समस्या उत्पन्न भएको छ । हप्ता दिन पहिले परेको हिमपातका कारण ती टावरले काम गर्न छोडेका कारण नागरिकलाई सूचना सम्पर्कका लागि समस्या उत्पन्न भएको स्थानीयवासी तेजबहादुर सिंहले बताए ।

 

 उनले भने, ‘टेलिकमका टावरले काम गर्न छोडेको छ, नेटवर्कले काम नगर्दा हामीलाई खबर आदानप्रदानका लागि निकै समस्या भएको छ ।’ ती क्षेत्रमा जडान गरिएका नेपाल टेलिकमका टावरले खासै काम नगर्दा यहाँका नागरिकले पटक–पटक दुःख खेप्नु परेको उनको भनाइ छ । टावरको नेटवर्कले काम नगरेका विषयमा सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि समस्या समाधानका लागि कुनै पहल नभएको अर्का स्थानीयवासी दिनेशबहादुर सिंहले जानकारी दिए ।

 

नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले सायल क्षेत्रको भल्मामा जडान गरिएका टावर ब्याट्रीबाट सञ्चालन हुने भएकाले केही दिनदेखि घाम नलागेका र घाम नलागेको दिन तथा रातिको समयमा ब्याट्री चार्ज हुन नपाउदा समस्या भएको हुनसक्ने बताए । उनले भने, ‘टावरले किन काम नगरेको हो हामी बुझेर नेटवर्क सुचारुका लागि पहल गछौँ ।’