close

मनाङको नार्पाभूमि गाउँपालिकामा सबैभन्दा कम जनसंख्या 

मनाङको नार्पाभूमि गाउँपालिकामा सबैभन्दा कम जनसंख्या 

Trulli
ADVERTISEMENT

काठमाडौँ — मनाङ जिल्लाको नार्पाभूमि सबैभन्दा कम जनसंख्या हुने गाउँपालिका भएको छ । नेपालको जनगणना २०७८ अनुसार नार्पाभूमि गाउँपालिकाको जनसंख्या ४ सय ४२ मात्र रहेको छ ।

 

त्यस्तै कम जनसंख्या भएका अन्य गाउँपालिकामा मनाङकै डिस्याङ र नासों पनि रहेका छन् । त्यस्तै मुस्ताङको लो(घेकर दामोदरकुण्ड पनि कम जनसंख्या भएको गाउँपालिकामा परेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

 

त्यस्तै सबैभन्दा बढी जनसंख्या भएको गाउँपालिका भने बाँकेको बैजनाथपुर रहेको छ । बैजनाथपुरमा ७० हजार ३ सय १५ रहेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार सबैभन्दा बढी जनसंख्या हुने गाउँपालिकाहरूमा बैजनाथसहित बाँकेकै राप्तीसोनारी र खुजुरा पनि रहेका छन् । त्यस्तै रुपन्देहीको मायादेवी र कपिलवस्तुको मायादेवी गाउँपालिका पनि बढी जनसंख्या रहेका गाउँपालिका हुन् ।

 

विभागका अनुसार १० हजारभन्दा कम जनसंख्या हुने गाउँपालिकाको संख्या १० रहेको छ भने ५० हजारभन्दा बढी जनसंख्या रहेका गाउँपालिकाको संख्या १५ रहेको छ ।

 

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना(२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड पुगेको जनाएको हो ।