close

कर्णाली प्रदेश प्रहरीको अर्धवार्षिक प्रगति सार्वजनिक

३४८ प्रहरी पुरस्कृत, १५८ जनालाई सजाय 

कर्णाली प्रदेश प्रहरीको अर्धवार्षिक प्रगति सार्वजनिक

३४८ प्रहरी पुरस्कृत, १५८ जनालाई सजाय 

Trulli
ADVERTISEMENT

जुम्ला– कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले अर्धवार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश प्रहरी कार्यालयले कार्य सम्पादनको आधारमा ३४८ जना प्रहरीलाई पुरस्कार र १५८ जनालाई सजाय गरिएको अर्धवार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ ।  यस्तै, विभिन्न निकायहरूको समन्वयमा विभिन्न स्थानमा ४४ थान सिसीटिभी क्यामेरा जडान र ४० थान मर्मत गरी २४५ थान जडान गरिएको छ । अवैध हातहतियार २४ नाल बरामद र १५ जना पक्राउ गरिएको प्रदेश प्रहरी प्रवक्ता राजेन्द्रसिंह खड्काले बताए । 

 

उनले भने, ‘६ महिनामा अवैध घरेलु मदिरा २२ हजार १९८ लिटर बरामद गरी नष्ट गरेका छौँ । अवैध जुवातास खेल्ने ११ वटा स्थानबाट ८४ जनालाई पक्राउ गरी कारबाही गरिएको छ ।’ 

 

१४१ फरार अभियुक्त पक्राउ 
विभिन्न मुद्दाका फरार अभियुक्त १४१ जनालाई पक्राउ गरी कुल ७३ वर्ष ९ महिना २८ दिन कैद सजाय भुक्तान र १६ लाख १० हजार ८९० रुपैयाँ जरिमाना संकलन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 


लागूऔषध दुव्र्यसन तथा अवैध बेचबिखन गर्ने गत वर्षको ६ महिनामा ३५ जना रहेकामा यो वर्ष ९० जनालाई पक्राउ गरी ५९ ग्राम ३३३ मिलिग्राम ब्राउन सुगर, १ किलो २१३ ग्राम चरेश बरामद गरी कारबाही गरिएको छ । 

 


ट्राफिक दुर्घटना दर न्यूनीकरणका लागि ट्राफिक जनचेतनामूलक कार्यक्रम ७६७ पटक सञ्चालन गरी कुल ६६ लाख ९ हजार ७९० जना लाभान्वित भएका छन् । सवारी दुर्घटना २०३ वटा भएका छन् । सवारी दुर्घटनामा परी मृत्यु ११८ जना र घाइते ५१५ जना भएका छन् । 

 

ट्राफिक नियम उल्लंघनविरुद्धको कारबाही संख्या २० हजार ५०१ वटा रहेको छ । यसबाट राजस्व संकलन १ करोड ७१ लाख ९७ हजार ५ सय रुपैयाँ भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न जिल्लामा विविध किसिमका लागूऔषध, घरेलु हिंसा न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम ३ हजार ५७९ वटा भएका छन् । यसबाट लाभान्वित ३ लाख ४९ हजार ३७९ जना रहेको प्रहरीले बताएको छ ।

 

गत आवको यस अवधिमा अवैध भन्सार छलीका सामान बरामद नभएको र चालू आर्थिक वर्ष ०७८÷७९ को ६ महिनामा १ लाख ३४ हजार ५६४ रुपैयाँ बराबरको लत्ताकपडा, सुर्तीजन्य, खाद्यान्न र ११ जनालाई अवैध भन्सार छलीका सामानसहित पक्राउ गरी राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको प्रदेश प्रहरीले जनाएको छ ।

 

अवैध वन्यजन्तु तथा वन पैदावार चोरी निकासी बरामद ओखेटोपहार र वन पैदावारको विवरणमा २७३ दशमलव ६९ क्युफिट काठ, यार्सागुम्बा ५ किलो ३ सय ग्राम, रेडपान्डाको छाला ४ थान, कस्तुरीको बिना ४ थान, सालकको खप्पर १ थान र १८ जनालाई पक्राउ गरिएकामा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ ।

 

अवैध जडीबुटी जटामासी ५ बोरा, कटुकी १३ बोरा, खिरौला १२ बोरा र जिम्बु ३०१ किलो बरामद गरिएको छ । नदीजन्य तथा खानीजन्य प्राकृतिक स्रोतको गैरकानुनी उत्खनन तथा ओसारपसार गर्ने सवारी साधन ५८ वटा, ५१ जनालाई नियन्त्रणमा लिई २ लाख ४० हजार ५७० रुपैयाँ राजस्व संकलन गरिएको छ । 

 

प्रहरी कर्मचारी परिवार, पूर्वप्रहरी कर्मचारी र सर्वसाधारण र मुगुका अग्निपीडितलाई लक्षित गरी कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत र सुपथ मेडिकल हलको समन्वयमा २ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री कालीकोट र मुगुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको प्रदेश प्रहरीले जनाएको छ ।

 

कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत तपार्इंको मास्क खोइ ? कार्यक्रम कर्णाली प्रदेशका १० जिल्लामा सञ्चालन भइरहेका छन् ।