close

धनगढी उपमहानगरमा अत्यावश्यकबाहेकका सेवा बन्द 

धनगढी उपमहानगरमा अत्यावश्यकबाहेकका सेवा बन्द 

Trulli
ADVERTISEMENT

कैलाली–कोरोनाको जोखिम बढेपछि धनगढी उपमहानगरले एक साताका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । उपमहानगरले सूचना जारी गर्दै बुधबारदेखि अत्यावश्यकबाहेकका सबै सेवा १८ माघसम्म बन्द रहने जानकारी गराएको हो ।


कार्यालयका केही कर्मचारीलाई कोभिड–१९ संक्रमण पुष्टि भएको र केही कर्मचारीलाई मिल्दोजुल्दो लक्षण देखा परेर आइसोलेसनमा रहेकाले सेवाग्राहीमा फैलने जोखिम बढेपछि सेवा बन्द गर्नुपरेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बताए । यस अवधिमा अत्यावश्यक स्वास्थ्य, सरसफाइ, दमकल र एम्बुलेन्स सेवा भने बन्द हुने छैनन् ।