close

तातोपानीका अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा 

तातोपानीका अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा 

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिकाले अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ । जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्ष ०७८/७९ को साउनदेखि अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो । 

 

जनतासँग अध्यक्ष कार्यक्रमको १० लाख रुपैयाँ बजेटमा अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । उनले भने, ‘गाउँपालिकाका ८ वटै वडाभित्रका आर्थिक अभावले स्वास्थ्य बिमा नगरेका अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेका छौँ ।’


अतिविपन्न नागरिकलाई बिमा गर्दाको बीमांक रकम ३ हजार ५ सय रुपैयाँ गाउँपालिकाले बेहोर्नेछ भने १ हजार ५ सय नागरिक आफैंले बेहोर्ने र २ हजार गाउँपालिका बेहोर्ने गरी स्वास्थ्य बिमा गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । 


गाउँपालिकाभित्रका ८ वटा वडामा स्वास्थ्य बिमाकर्ता परिचालन गरी निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताए । उनले भने, ८ जना बिमाकर्ता परिचालन गरेका छौँ । अतिविपन्न नागरिकको अनिवार्य निःशुल्क स्वास्थ्य बिमा गर्न भनिएको छ ।’ 


तातोपानी गाउँपालिका वडा नम्बर ३ लिताकोटकी रेवती रावलका अनुसार अहिलेसम्म यो वडाका ५० जना अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा गरिसकिएको छ । गाउँमा पैसा नभएर स्वास्थ्य बिमा गराएका अतिविपन्न नागरिक धेरै छन् । उनीहरू सबैको अनिवार्य स्वास्थ्य बिमा गर्ने तयारी छ । 


सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत जिल्लामा ५५ हजार ३ सय ५२ जना नागरिकले बिमा गरेका छन् । स्वास्थ्य बिमा कार्यालय जुम्लाका प्रमुख प्रेम भण्डारीका अनुसार ज्येष्ठ नागरिकका लागि निःशुल्क बिमा कार्यक्रममा ४ हजार ३५ जनाको बिमा गरिएको छ । उनले भने, ‘निःशुल्क बिमा कार्यक्रमअन्तर्गत महिला स्वयंसेविका १ सय ८०, पूर्ण अपांगता भएका ४५, क्षयरोग टिभी २ र एचआईभी संक्रमित १ जनाले बिमा गरेका छन् ।