close

कोरोना संक्रमित कर्मचारीलाई सात दिन बिदा 

कोरोना संक्रमित कर्मचारीलाई सात दिन बिदा 

Trulli
ADVERTISEMENT

काठमाडौं–सरकारले कोरोना संक्रमित कर्मचारीलाई दिइँदै आएको बिदा कटौती गर्दै नयाँ व्यवस्था लागू गरेको छ । गत ३० पुसमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण भएका कर्मचारीका लागि नयाँ नियम लागू गरेको थियो ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका कार्यालयलाई परिपत्र गर्दै बिदा कटौतीको जानकारी दिएको छ । मन्त्रालयले ३० पुसको मन्त्रिपरिषद् बैठकका निर्णय कार्यान्वयनका लागि गरेको परिपत्रमा कोरोना संक्रमित भएका बिरामीले बढीमा सात दिन बिदा पाउने भएका हुन् ।


निर्णयअनुसर अस्पताल भर्ना हुनुपरेको अवस्थामा डिस्चार्ज भएको मितिले तीन दिनसम्म मात्रै कर्मचारीले बिदा पाउनेछन् । होम आइसोलेसनमा बसेकाले सात दिन र कन्ट्याक्ट ट्रेसिङमा परेकाको हकमा भने सम्बन्धित सुपरिवेक्षकको अनुमति लिई कोभिड–१९ परीक्षण नगरेसम्म बढीमा पाँच दिन बिदा पाउने मन्त्रालयका आन्तरिक व्यवस्थापन शाखा प्रमुख दशरथराम ओडले जानकारी दिए ।


दोहो¥याएर कोरोना संक्रमण भएका कर्मचारीको हकमा पनि यही नियम लागू हुने उनले बताए । ‘कारोना संक्रमण पुष्टि भएको रिपोर्टको आधारमा कर्मचारीलाई जुनसुकै बेला पनि यही नियम लागू हुन्छ, एकचोटि मात्रै बिदा पाउने भन्ने छैन,’ ओडले भने ।


यसअघिको नियममा कोरोना संक्रमित कर्मचारीले बढीमा १४ दिनसम्म बिदा पाउने व्यवस्था थियो । अहिलेको नयाँ भेरियन्ट ओमिक्रोनको असर कम र संक्रमित व्यक्ति चाँडै निको हुने देखिएकाले नयाँ नियम लागू भएको ओड बताउँछन् ।