close

घट्यो प्रदेश १ का ९ जिल्लाको जनसंख्या 

घट्यो प्रदेश १ का ९ जिल्लाको जनसंख्या 

Trulli
ADVERTISEMENT

काठमाडौं– पछिल्लो १० वर्षमा प्रदेश १ का ९ जिल्लाको जनसंख्या घटेको राष्ट्रिय जनगणना ०७८ मा प्रकाशित विवरणमा उल्लेख छ । प्रदेश १ का पहाडी जिल्ला खोटाङ, भोजपुर, पाँचथर, धनकुटा, ओखलढुंगा, इलाम, सोलुखुम्बु पाँचथर र ताप्लेजुङको जनसंख्या ०६८ मा भन्दा ०७८ मा कम भएको पाइएको हो ।

 

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकमा देशका ३२ जिल्लाको जनसंख्या ०६८ मा भन्दा कम भएको छ, जसमा प्रदेश १ का ९ जिल्ला छन् । खोटाङमा ०६८ मा भन्दा ३० हजार ९७२ जनसंख्या कम भएको छ । ०६८ मा २ लाख ६ हजार ३१२ रहेकामा ०७८ मा १ लाख ७५ हजार ३४० मा झरेको छ ।

 

भोजपुरको जनसंख्या ०६८ मा १ लाख ८२ हजार २५९ रहेकामा ०७८ मा १ लाख ५८ हजार ९९१ मा झरेको छ । तेह्रथुममा ०६८ मा १ लाख १ हजार ५७७ जनसंख्या रहेकामा ०७८ मा ८९ हजार १२५ मा झरेको छ । पाँचथरमा ०६८ मा १ लाख ९१ हजार ८१७ जनसंख्या रहेकामा ०७८ मा १ लाख ७४ हजार ४१९ कायम भएको छ ।


धनकुटाको जनसंख्या ०६८ मा १ लाख ६३ हजार ४१२ रहेकामा ०७८ मा १ लाख ४९ हजार ९८४ कायम भएको छ । ताप्लेजुङमा ०६८ मा १ लाख २७ हजार ४६१ जना रहेकामा ०७८ मा १ लाख २० हजार ३५९ मा झरेको छ । ओखलढुंगामा ०६८ को जनसंख्या १ लाख ४७ हजार ९८४ रहेकामा ०७८ मा १ लाख ४० हजार ९१४ मा झरेको छ ।


इलाममा ०६८ मा २ लाख ९० हजार २५४ जनसंख्या रहेकामा ०७८ मा २ लाख ८० हजार ५६५ मा झरेको छ । सोलुखुम्बुमा ०६८ मा १ लाख ५ हजार ८८६ जना रहेकामा ०७८ मा १ लाख ४ हजार ७६८ मा झरेको केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

 

प्रदेश १ को पहाडी जिल्ला संखुवासभामा भने जनसंख्या बढेको छ । संखुवासभाको जनसंख्या १० वर्षमा ३०४ जना बढेर १ लाख ५९ हजार ४६ पुगेको छ । प्रदेश १ का ५ जिल्लामा ०६८ को भन्दा जनसंख्या बढेको छ । प्रतिशतका आधारमा सबैभन्दा धेरै जनसंख्या झापाको बढेको छ । झापाको जनसंख्या ०६८ मा ८ लाख १२ हजार ६५० रहेकामा अहिले १ लाख ८१ हजार ४४० ले बढेर ९ लाख ९४ हजार ९० पुगेको छ ।

 


त्यस्तै मोरङ, सुनसरी र उदयपुरको पनि जनसंख्या बढेको छ । मोरङको जनसंख्या १ लाख ८१ हजार ८१६ जना बढेर ११ लाख ४७ हजार १८६ पुगेको छ । सुनसरीमा १० वर्षको अवधिमा २९ हजार २६ जना बढेर जिल्लाको कुल जनसंख्या ९ लाख ३४ हजार ४६१ पुगेको छ भने उदयपुरको ०६८ को जनसंख्या ३ लाख १७ हजार ५३२ रहेकामा बढेर ३ लाख ४२ हजार ७७४ पुगेको छ ।