close

काठमाडौं महानगरले थाल्यो गरिब परिवार पहिचान 

काठमाडौं महानगरले थाल्यो गरिब परिवार पहिचान 

Trulli
ADVERTISEMENT

काठमाडौं–काठमाडौं महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सर्वेक्षणका लागि सुपरिवेक्षक र गणक मागेको छ । महानगरअन्तर्गत गरिब परिवार पहिचान गर्न इच्छुकले सात दिनभित्र आवेदन दिन सक्नेछन् ।

 


महानगरले २१ सुपरिवेक्षक र २१० गणक माग गरेको हो । सुपरिवेक्षकका लागि कम्तीमा स्नातक तह पास गरेको हुनुपर्छ । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन सक्नेछन् । यस्तै, गणकका लागि आवेदन दिन कम्तीमा प्लसटु पास गरेको हुनुपर्नेछ । सम्बन्धित स्थानीय तहका बासिन्दालाई प्राथमिकता दिइने पनि महानगरले जनाएको छ ।