close

आठबिसकोटमा महिलालाई आत्मनिर्भर बनाउन फाइबर ब्याग तालिम

आठबिसकोटमा महिलालाई आत्मनिर्भर बनाउन फाइबर ब्याग तालिम

Trulli
ADVERTISEMENT

दैलेख– दैलेखको आठबिस नगरपालिकाभित्रका महिलालाई विभिन्न सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउन फाइबर ब्याग सीप विकास तालिम दिइएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण दैलेखको आयोजना तथा आठबिस नगरपालिकाको समन्वयमा उक्त तालिम दिइएको हो । आर्थिक रूपमा सक्षम नहुँदा पछि परेका महिलालाई स्वरोजगार बनाउने उद्देश्यले तालिम दिइएको उद्योग तथा उपभोक्ता हित संक्षण दैलेखका सहायक लेखा अधिकृत भरत खत्रीले बताए ।

 

सीप विकास तालिमअन्तर्गत पहिलो चरणमा १० बढी महिलालाई १५ दिने फाइबर ब्याग सम्बन्धी बनाउने तालिम दिइएको खत्रीको भनाइ छ । सीपमूलक तालिम सञ्चालन गर्न नगरपालिकाले १० वटा सिलाइ–कटाइ मेसिन खरिद गरेको छ । तालिममा विपन्न समुदाय, आदिवासी जनजाति र दलित समुदायका महिलालाई समेटिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले जनाएको छ ।